होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा दिएको छ।रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। पर्वको अवसरमा प्रदेशभर शुक्रवार सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ। […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पारस बहादुर शाहीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । गाउँपालिकाको निर्णय बमोजिम मन्त्रालयले शाहीलाई पालिकाको आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर […]
धनगढी । धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते […]
नागरिक रैबार/धनगढी १७ फागुन। प्रेस चाैतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिकाे नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ । सुदूरपश्चिमकाे धनगढीमा शनिवार सम्पन्न प्रेस चाैतारीकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा नरेन्द्रसिंह कार्की रहने गरि २५ सदस्यीय नयाँ प्रदेश समिति चयन भएकाे हाे । जस अनुसार उपाध्यक्षमा मीन ठकुरी महिला उपाध्यक्ष कल्पना बोहरा, महासचिव भानुभक्त आचार्य, कोषाध्यक्ष लक्ष्मणदत्त पन्त, […]
धनगढी– कैलालीको धनगढीमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्किंदै गरेकी किशोरीलाई बिहीबार साँझ धनगढीस्थित पुरानो भन्सारमा बस्ने १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । बाजुरा घर भएकी किशोरी अध्ययनका लागि धनगढीमा आफन्तकोमा बस्दै आएकी थिइन् । विद्यालयबाट घर फर्किने […]
कैलाली । नेकपा एमाले पार्टीबाट निष्कासित भएपछि डा. भीम रावल पहिलो पटक गृहप्रदेश आइपुगेका छन् । उनी शुक्रबार बिहान श्री एयरलाइन्सको जहाजमार्फत धनगढी ओर्लिएका हुन् । उनलाई स्वागत गर्न समर्थकहरु धनगढी विमानस्थल पुगेका थिए । सो क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत भएको थियो । उनी आजै गृहजिल्ला अछाम प्रस्थान गर्ने कार्यतालिका […]
काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त […]
काठमाडौं। चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् ।तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ । यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार […]
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, […]
कैलाली । नेकपा एमालेले कारवाही गरेपछि भीम रावल नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । नेकपा विवादपछि १० बुँदे सहमति गरेर एमालेमै रहेका रावललाई पार्टीले पुस १० मा संगठित सदस्यता खोसेको थियो । पार्टीले कारवाही गर्नुभन्दा केही दिन पहिलेबाटै उनी नयाँ पार्टी निर्माणको तयारीमा जुटेका थिए । पार्टीले कारवाही गर्नु भन्दा केही दिन पहिले सुदूरपश्चिम […]
धनगढीः कैलालीको धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ। गोष्ठीमा गृहमन्त्री रमेश लेखक सहभागि छन्। गोष्ठीमा सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री, प्रदेश सभा सदस्य लगायत पनि सहभागि भएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन्।
सुदूरपश्चिममा छ पदमा हुने उपचुनावका लागि ३० जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार एक जिल्ला समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वडा अध्यक्षका लागि ३० जनाको उम्मेदवारी परेको हो । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज […]
धनगढीः हिन्दुहरुको महान चाड बडा दशैं हिजो (विहिबार) देखि सुरु भएको छ।महान चाड बडा दशै, तिहार र छठपर्व मनाउन यतिबेला नेपाल–भारत सीमा नाका भएर ठूलो संख्यामा परदेशीहरु घर फर्किन थालेका छन्। भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट, जोलाजिमी खकरुला हुँदै घर फर्किनेको संख्या बढ्दै गएको छ। यी नाका भएर दैनिक एक हजारको संख्यामा […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले राजनीतिक उतारचढावका बिच निकै ढिलोगरी ल्याएको चालु आर्थिक वर्षको बजेट विवादमुक्त हुन सकेन । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले बजेट ल्याउनुपूर्व बजेट निर्माणका चार वटा आधार तय गरेको थियो । तर सरकार त्यो आधार कार्यान्वयनमा चुकेको छ । यहाँसम्म कि सुदूरपश्चिमको बजेट व्यक्ति केन्द्रित देखिएको छ । मन्त्रीदेखि प्रभावशाली सांसदको […]
धनगढी : कैलालीको गोदावरी नगरपालिका–९ को कार्यालयमा चार दिनदेखि ताला लगाइएको छ। नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै वडा कार्यालयमा ताला लगाइएको हो।धनगढी–सेहरी सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै गोदावरी नगरपालिका–९ सेहरीका स्थानीय आन्दोलित छन्। उनीहरूले सङ्घर्ष समिति गठन गरेर वडा कार्यालयमा ताला लगाएका हुन्। सङ्घर्ष समितिले गोदावरी […]
धनगढीः सुदूरपश्चिममा चालु आर्थिक सुरु भएयता बाढी र पहिरोका ४७ घटना घटेका छन्। पहिरो र ३७ र बाढी १० गरेर ४७ घटना घटेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ। पहिरोमा परेर ५ महिला र एक पुरुषको मृत्यु भइसकेको छ। ८ महिला र ८ पुरुष गरी १६ जना घाइते भएका छन्। पहिरोबाट एक सय २ परिवार […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा दुई दिनसम्म भारी वर्षा हुने भएको छ। बुधवार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। साथै मनसुनी वर्षा सक्रिय हुने र त्यसबाट क्षति पुग्न सक्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारले हाइ अलर्ट समेत जारी गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जोखिमका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई २७ गते […]
धनगढीः चालु आर्थिक वर्षको बजेट ल्याउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह असफल भएका छन्। चालु आर्थिक वर्ष सुरु भएको २ महिना बित्नै लाग्दा समेत मुख्यमन्त्री शाह बजेट ल्याउन असफल देखिएका हुन्। सयमा बजेट नआउँदा प्रदेश सरकारमातहतका कर्मचारीले साउनदेखि तलब समेत पाउन सकेका छैनन्। सरकारी कार्यालयहरूले खर्च पनि उधारोमा चलाउनु परेको छ। तर मुख्यमन्त्री शाहले भने […]
काठमाडौं । भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी […]
कञ्चनपुर: सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ।भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने गौरा पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले […]