होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग […]
नागरिक रैबार / ७ साउन बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ थापाबाडाका स्थानीयहरुले नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।थापाबाडाको भम्कीचौरदेखि खुलामंच सम्म निर्माण गरेको सडकका कारण थापाबाडाका बस्ती जोखिम्मा परेपछि नगरपालिकालाई स्थानीयहरुले ध्यानाकर्षण गराएका हुन् । बस्ती तल र माथिबाट पहिरो खस्न थालेपछि अहिले सो वडाका थापाबाडा, पुजारीबाडा, डाँडा र चैडील क्षेत्रका स्थानीयका सयौं […]
वैंशालु प्रेममा पर्नु आफैमा रोमाञ्चक अनुभव हो । जब प्रेम हुन्छ, तपाईंमा भावनात्मक परिवर्तन आउन थाल्छ । अरु कुराहरु भुलेर प्रेममा मस्त रमाउनुहुन्छ । प्रेमी–प्रेमिकासँग कुराकानी गर्दा वा भेट्दा मात्र पनि तपाईंले आनन्दित महसुष गर्नुहुन्छ । प्रेमी-प्रेमिकासँग भेट्दा, मनको कुरा साट्दा, घुमफिर गर्दा जीवनका फरक अनुभवहरु संगाल्न सक्नुहुन्छ । किशोर–चरणपछि हुने यस्तो प्रेमलापको अनुभव […]
महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पुजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ । पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनी शुरुमा औरही नगरपालिकास्थित सोनासती […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि भनेको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना […]
नागरिक रैबार / ७साउन बाजुरा । छाउ कुप्रथाका विरुद्ध सन्देश दिन तयार पारिएको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सुदूर साहित्य प्रतिष्ठानले छाउ कुप्रथाको समस्या र सवालका विषयलाई लिएर सचेतना मुलक देउडा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भिडियोको विमोचन खप्तड छडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गरेका हुन् । बडिमालिका नगरपालिकाको […]
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन् । अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको हो । सोही अवधिमा सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या पनि थपिएका सङ्क्रमितहरुको […]
विषाक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो । प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर […]
चितवन– भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको […]
७ साउन, काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । एमाले नेताहरुका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय […]
धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् । केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका […]
हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ। वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्रयाक्टरमा खोप ढुवानी गर्नुपरेको हो। गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ। भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न पाण्डाखोलाले असजिलो पारेको […]
काठमाडौं । साउन अर्थात भक्ति-आराधनाको महीना । शरीर शुद्ध गरेर उपवास बस्ने प्रचलन छ । खासगरी महिलाहरु आफ्ना श्रीमानको दीर्घायु र सु-स्वस्थ्यको कामना गर्दै उपवास बस्छन् । विवाहितको मात्र के कुरा, अविवाहित समेत हुनेवाला श्रीमानका खातिर ब्रत बस्छन्, पूजापाठ गर्छन्, मन्दिर धाउँछन् । तर, के पुरुषहरु पनि यसरी नै श्रीमतीको दीर्घायु र सुखी जीवनको कामना […]
७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ । दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर […]
मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम जनाएको छ । महाशाखाले भारी वर्षासँगै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश १, […]
बालबालिकालाई विद्यालय धाउने अनुकुलता छैन । पढाईको लागि अनलाइन कक्षाको व्यवस्था गरिएको छ । अनलाइन कक्षाका लागि मोबाइल वा ल्यापटप चाहियो । त्यसपछि इन्टरनेट । तर, के बालबालिकाले यि संसाधन पठनपाठन वा उपयोगी कामका लागि मात्र प्रयोग गरिरहेका छन् ? यो प्रश्न किनपनि उठाउन जरुरी छ भने अहिले धेरै बालबालिकाले मोबाइल, ल्यापटप ‘बाँदरलाई भ¥याङ’ भएको […]
६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताएका छन् । कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउने सक्ने विषयले सर्वसाधारणमा डर बढेको उनको भनाइ छ । नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामी अहिले […]
६ साउन, मनाङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मर्स्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल […]
युवाहरुको ध्यन अन्तरंग सम्बन्धबाट क्रमस विमुख हुँदैछ । उनीहरु अन्यत्र नै बढी रमाउन थालेका छन् । यो कुरा विश्वास गर्न गाह्रो हुनसक्छ । तर, पछिल्लो समय गरिएको एक अध्ययनको निचोडले यही देखाउँछ । युवाहरु अन्तरंग सम्बन्धबाट भन्दा अन्य कुराबाटै बढी आनन्द लिइरहेका छन् । भनिहालौं, अहिलेका युवाहरु विद्युतिय उपकरण, मोबाइल, कम्प्युटर र भिडियो गेममा यति […]
६ साउन, काठमाडौं । मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएका छन् । सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको […]