होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिममा भारत तथा कोरोना प्रभावित क्षेत्रबाट फर्किएर अनिवार्य क्वारेन्टिनमा बसेका दुई हजार दुई सय बढिलाई घर फर्काइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टिनमा बसेका दुई हजार दुई सय ७८ जना घर फर्किएका हुन्। यसअघि शुक्रबार सम्म प्रदेशभरीका एक हजार नौँ सय १८ क्वारेन्टिनमा ६१ हजार सात सय १० जना राखिएकोमा […]
जेठ ३२, २०७७ काठमाडौँ : सरकारले आउँदो असार १५ गतेदेखि दैनिक १० हजार जनामा कोरोना संक्रमण भए/नभएको परीक्षण गर्ने भएको छ। संक्रमण फैलँदै गएपनि कछुवाको गतिमा परीक्षण भएको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले अबको दुई साताभित्र दैनिक परीक्षणको दायरा बढाएर १० हजारसम्म पुर्याउने तयारी गरेको हो। परीक्षणका लागि नेपालमा सबै कुराको सहज व्यवस्थापन भए दैनिक […]
३२ जेठ, गुल्मी । गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डा. कविराज भुसालले बताए । स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन् । […]
३१ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले शनिबार बेलुकी पाँच वजे सार्वजनिक गरेको बिवरणअनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिकामा एक महिलासहित २३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको लालझाडीमा दुई महिलासहित १४ जना, कैलालीको चुरै गाउँपालिकामा पाँच पुरुष, […]
महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउँसो काठमाडौँ महानगरपालिका-१४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अवस्थामा कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन । उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ […]
नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। बाराका ५ बर्षीय बालक र पर्साका २५ बर्षीय युवकको कोरोना भाईरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए। उनीहरु दुवैको मृत्युपछि नारायणी अस्पतालमा गरीएको परीक्षणमा कोरोना संक्रमण देखाएको हो। यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्य १८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता […]
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा आज शनिबार २७३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा नेपालमा कुल संक्रमितको ५ हजार ३३५ पुगेको छ। यसमध्ये २४७ जना पुरुष छन् भने बाँकी ३६ जना महिला छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणकै कारण नेपालमा मृत्यु हुनेको […]
बारा : बाराको निजगढ ६ माथिल्लो योजनाका एक बालकको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। ज्वरो आएपछि वीरगञ्ज लगिएका ५ वर्षिय बालकको शुक्रबार मृत्यु भएको हो। मृतक बालकको कोराना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले जानकारी दिए। स्थानीय मेडिकल र निजगढ सामुदायिक अस्पतालमा उपचार गर्दा ज्वरो नियन्त्रणमा नआएपछि उनलाई वीरगञ्ज हेल्थ […]
काठमाडौं । पश्चिम रुकुमको सोती घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा घटनाका दोषिलाई कारवाही गरी मृतकहरुलाई सहिद घोषणा गर्न माग गरेको छ । धर्ना र प्रदर्शनपछि सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका वरिष्ठ नेता सिपी गजुरेलले सोती घटना विरुद्ध भइरहेको प्रदर्शन श्रद्धाञ्जली अर्पणमा मात्रै […]
काठमाडौं : शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।
जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहीबारबाट पूर्णरूपमा सञ्चालन भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिए । अस्पतालका अनुसार बिहीबार पहिलो दिन ओपिडीमार्फत ३५ बिरामीले सेवा लिएका छन् । कोरोना पोजेटिभ देखिएका युवाको […]
२९ जेठ, काठमाडौं । लामो अन्योलपछि सरकारले अन्ततः यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । गत चैत ६ गतेबाट सुरु हुनुपर्ने एसईई परीक्षा कोरोनाको त्रासका कारण अघिल्लो दिन स्थगित गरिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अब सम्बन्धित विद्यालयहरूकै आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । यसको लागि यसअघि […]
काठमाडौं । सरकारले हालै नेपालको संशोधित नक्सा जारी गरेको विषयमा सिंगो देश एकजुट देखिएको छ । संशोधित नक्सालाई संविधानको अनुसूचीमा सामेल गर्नका लागि सरकारले पेश गरेको संविधान संशोधन विधेयकलाई सर्वसम्मत रुपमा समर्थन जनाएको छ । यसका बाबजुद समाजवादी पार्टीकी सांसद सरिता गिरी अपवादका रुपमा देखिएकी छन् उनले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी छन् । […]
बाजुरा : बाजुरामा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । धुरालसैन मावि क्वारेन्टाइनमा बसेका मध्ये १७ जना र १ जना त्रिवेणी नगरपालिकाका गरि १८ जना कोरोना संक्रमित थपिएका हुन् । स्वाब संकलन गरि जेष्ठ १९ गते पठाइएको थियो । नमुना जाँचका लागि स्वाब पठाएको ११ दिन पछि धनगढी प्रयोगशालाबाट रिपोट आएको हो । पीसिआर जाँचमा […]
२९ जेठ, काठमाडौं । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय […]
धनगढी : सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्। बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको […]
काठमाडौँ – पश्चिम रुकुममा प्रेमपछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी गरेका फरार व्यक्ति हुन् । सबिनलाई […]
२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ […]
२८ जेठ, सुर्खेत । कर्णालीमा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख […]
नागरिक रैबार/बाजुरा २८ जेठ । यतिवेला सिंगो मुलुक कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले पनि आफ्नो प्रयास जारी राखेको छ । नेपालमा कोरोना भाईरसको रोकथाम र नियन्त्रण गर्न सरकारलाई जनताहरुले पनि साथ दिईरहेका छन् । यतिवेला कोरोनाकै त्रासका कारण बाजुरा जिल्ला बाहिर अध्ययन तथा कामको सिलसिलामा गएका […]