होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः विश्वसूचना, प्रविधि र विकासले तीव्ररुपमा अघि बढिरेहको अवस्थामा सुदूरपश्चिममा माहिलामाथि दुर्व्यवहार, आर्थिक, सामाजिक, मानसिक, सांस्कृतिक यातना, हिंसा, हत्यामा अझै कमी आउन सकेको छैन। समाजमा यस्ता थुप्रै घटना भएका छन्। त्यसको थोरै मात्र सार्वजनिक हुने गरेको छ। दैनिकजसो महिलामाथि कुटपिट, हिंसा, जबरजस्ती करणी, विभिन्न खालका यातना अझै पनि सहनुपरेको अवस्था छ। महिलामाथि हुने हिंसाविरुद्ध संसारभर […]
काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर […]
बाजुरामा भुवा पर्व सुरू भएको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू भएको हो । पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै बाजुराका विभिन्न स्थानमा भुवा खेल्ने गरिन्छ । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको […]
नागरिक रैबार/ बाजुरा २३ पुस।जिल्ला अस्पताल बाजुराले फिजियो थेरापी सेवा बिस्तार गरेकाे छ । याे सेवा विस्तारसँगै अब नसा, ढाड, खुट्टाका समस्या भएका बिरामीलाई सहज हुने भएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले फिजियोथेरापी कक्षकाे रिवन काटेर उद्धाटन गरेका हुन् । दुर्गम जिल्लामा विविध समस्याकाबिच पनि गुणस्तरिय […]
अछाममा चार जुवाडे पक्राउ परेका छन्। मंगलसेन नगरपालिका-५ मंगलसेन बजारका ५६ वर्षीय अर्जुनसिंह बिष्टको सिलाई कटाई पसलको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा उनीसहित चार जना बिहीवार पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नगद २३ हजार ६ सय ३० र ४ गड्डी ताससहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा १५ पुस। जिल्ला अस्पताल बाजुराले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै चौथो र पाँचौ तहका करारमा कर्मचारी माग गरेको हो । जिल्ला अस्पतालले आर्थिक वर्ष २०८०/८१ काे वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत विभिन्न पदका ९ जना स्वास्थ्यकर्मीकाे माग गरेकाे जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर […]
काठमाडौं : एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिमाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५‘ को रुपमा चर्चित रहेको छ । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको […]
नागरिक रैबार/बाजुरा ११ पुस । बाजुराकाे जगन्नाथ गाउँपालिकामा आजबाट चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ आजबाट गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । जगन्नाथ गाउँपालिका शिक्षा ,युवा ,तथा खेलकुद शाखाको आयोजना र देवलकोट […]
काठमाडौं महानगरपालिकाले बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने भएको छ । पालिकाका तर्फबाट गरिएको मागलाई संवोधन गर्ने गरि महानगरले एम्बुलेन्स सहयोग गर्ने लिखित पत्र समेत पठाएको छ । खप्तड छेडेदह गाउँपालिकालाई नै संवोधन गरिएको पुस ३ गते जारी लिखित पत्र मार्फत माघ मसान्त भित्र प्रक्रिया पुरा गरि एम्बुलेन्स लिन अनुरोध पत्राचार गरिएको छ । […]
नागरिक रैबार/बाजुरा ३ पु्स । बडीमालिका नगरपालिका वडा नम्वर ९ का १० जना दलित महिलालाई आत्मनिर्भर बनाउन ३ महिने सिलाई कटाई तालिम दिईएको छ । लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोग तथा गिफ्ट नेपालको आयोजनामा असोज १ गतेबाट मंसिर ३० गतेसम्म संचालन भएको ३ महिने सिलाई कटाई तालिमको आज एक औपचारिक कार्यक्रमका विच सम्पन्न गरिएको […]
राजेन्द्र रोकाया/कोल्टी ३ पुस। बाजुरामा संचालन हुदै आईरहेको फियान नेपालले समाज परिवर्तन र नागरीकका हकमा अनकौं कार्यक्रम गर्दै आईरहेको छ । नागरीकले बाँच्न पाउनुपर्ने र आफैले केहि गर्नुपर्छ भन्ने सिकाएनमा अहिले फियान नेपाल जिल्लाका ग्रामिण क्षेत्रमा अग्रसर रहेको छ । फियान जस्तै कयौ संघसंस्थाले मुक्तिकोटका नागरीकलाई राहत दिएका छन् । फियान बाहेक अन्य संघसंस्थाले केहि […]
नागरिक रैबार/बाजुरा ३ पुस। बाजुराको बडीमालिका नगरपालिकामा पुस १ गतेबाट जारी नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज तेस्रो दिनसम्म आइपुग्दा १४ मध्ये ७ वटा खेलहरु सम्पन्न भएको आयोजकले बताएको छ । मालिका माविको खेलमैदानमा ३ दिनदेखि संचालन भईरहेको प्रतियोगितामा आज सम्म ७ वटा खेलहरु सम्पन्न भएका छन् । जसमध्ये सटफुट, ज्याप्लिङ थ्रो, ३०००, […]
नागरिक रैबार/बाजुरा २ पुस। बाजुराको बडीमालिका नगरपालिकामा जारी नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज दोस्रो दिन सहभागि विद्यालयहरुविच फिल्ड तर्फका विभिन्न खेलहरुमा प्रतिष्पर्दा गराईएको छ । मालिका माविको खेलमैदानमा संचालन भईरहेको प्रतियोगितामा आज एथलेटिक्स तर्फ १००, २००, ४०० र १५०० मिटर दोड गरिएको थियो । जसमा १५०० मिटर दौडमा छात्रतर्फ सत्यवादी मावि प्रथम, […]
नागरिक रैबार/बाजुरा २७ मंसिर।प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले जिल्ला अस्पताल बाजुराको नवनिर्मित भवनको स्थलगत निरिक्षण गरेका छन् । बुधबार विहान तथा प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति जोशीले जिल्ला अस्पताल बाजुराको नयाँ बन्दै गरेको ५० शैयाको अस्पताल भवनको स्थलगत निरिक्षण गरेका हुन् । बझाङ जिल्लाका प्रतिनिधि सभा सदस्य […]
मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। त्यसैगरी, कुलो, पैनी वा पोखरीको मर्मतसम्भार तथा स्तरोन्नति, पोखरी तथा पानीको मूल संरक्षण, सार्वजनिक स्थलमा फलफूल बगैंचा निर्माण, कृषि तथा पशुपक्षी उत्पादनको भण्डारण तथा बिक्री वितरणमा आवश्यक […]
आर्थिक वर्ष २०८०/०८१ सुरु भएको ५ महिना बित्नै लाग्यो । तर देशभरका ९ वटा पालिकाहरुले अझै बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसक्ने पालिकाहरुमा सबैभन्दा धेरै मधेस प्रदेशमा छन् । मधेसमा ८ वटा पालिकाहरुले बजेट ल्याउन सकेका छैनन् भने कोशी प्रदेशको एउटा पालिकाले अझै बजेट ल्याउन सकेको छैन । मधेसका ५ जिल्ला सप्तरी, सर्लाही, […]
बाजुराका पत्रकार नहकुल जोशीको पहिलो ‘नाजवाफ’ नामक उपन्यासको आइतबार एक कार्यक्रमका विच विमोचन गरिएको छ । सुदुरपश्चिमको राजधानी धनगढीमा आयोजित समारोहमा उक्त पुस्तकको विमोचन प्रदेश प्रमुख देवराज जोशीले गरेका छन । विगत लामो समयदेखि पत्रकारीतामा कलम चलाउदै आउनुभएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको प्रथम कृति आइतवार सार्वजनिक भएको हो । उपन्यासमा मुख्य रुपमा राज्यब्यवस्था […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। बाजुराको सदरमुकाममा रहेको प्रभु बैंक शाखाले सुरक्षित आवास गृह (सेभ हाउस) लाई न्यानो कपडा सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत बाजुरामा लैङिगक हिँसा विरुद्धको १६ दिने अभियानलाई मध्येनजर गरेर सेभ हाउसलाई ३० थान न्यानो कपडा (ज्याकेट) सहयोग गरेको बैंकका म्यानेजर जीवन कुमार सिंहले बताएका छन् । बडीमालिका नगरपालिकाको सभा […]
महेश कार्की/कोल्टी २१ मंसिर।जिल्लाको बुढीनन्दा नगरपालिका वडा–३ मा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । विहिबार बिहान सोही वडाको बडाला नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला भीर माथी बाट खसेको ढुङ्गा लागेर सोही नगरपालिका ३ का वर्ष अन्दाजी ३७ बर्षकि धर्मा बिस्टको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जङ्गविर […]
काठमाडौँ– नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत पुग्ने भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत पुग्न लागेको हो । सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ । उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको […]