होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । अदालतको मानहानी ठहर भएसँगै पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् । सर्वोच्च अदालतको फैसलालगत्तै पत्रकार ढुंगानाले फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको फेसबुकमार्फत जनाएका छन् । ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय […]
काठमाडौं – असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।गृहमन्त्रालयका अनुसार आइतबार राति ७ः३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार काभ्रे, सिन्धुली, […]
काठमाडौँ । गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हाल सम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको ११८ जनाको सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलान्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ४० जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । खराब मौसमका कारण शनिबार नै […]
काठमाडौँ । झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ। पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको शव […]
काठमाडौँ — काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँमा वर्षा मापन हुन थालेदेखि अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ । सरकारले विभागमार्फत् सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालेको थियो । विभागको […]
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको छ।शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो। देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा […]
काठमाडौं : सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ।कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो। बैठकले प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने […]
काठमाडौं – तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने राससलाई जानकारी दिए । ‘आज बेलुकादेखि नै वर्षा केही कम हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा […]
काठमाडौं– सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढी–पहिरोमा ज्यान गुमाएका नागरिकलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रकोपमा ज्यान गुमाएका सबै नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ज्यान गुमाएका नागरिकका […]
काठमाडौँ । अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । यस्तै ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो। सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ, भने केही स्थानमा घनघोर वर्षा भइरहेको छ […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिका १ मा अवस्थित काेल्टी आधारभुत अस्पतालले नगरपालिकाभित्रका विपन्न परिवारका नागरिकहरुको उपचार समस्यालाइ मध्येनजर गरेर अस्पतालमा आउने विरामीहरुलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेकाे छ । बुढीनन्दा नगरपालिकाका नगरप्रमुख तथा कोल्टी आधारभुत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार बाेहराको अध्यक्षतामा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नगरभित्रका […]
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा)को नतिजा सोमबार प्रकाशन गरेको हो। परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त […]
काठमाडौं : आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण […]
काठमाडौँ: आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ। ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो। विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो। नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी […]
धनगढीः सुदूरपश्चिममा चालु आर्थिक सुरु भएयता बाढी र पहिरोका ४७ घटना घटेका छन्। पहिरो र ३७ र बाढी १० गरेर ४७ घटना घटेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ। पहिरोमा परेर ५ महिला र एक पुरुषको मृत्यु भइसकेको छ। ८ महिला र ८ पुरुष गरी १६ जना घाइते भएका छन्। पहिरोबाट एक सय २ परिवार […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा दुई दिनसम्म भारी वर्षा हुने भएको छ। बुधवार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। साथै मनसुनी वर्षा सक्रिय हुने र त्यसबाट क्षति पुग्न सक्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारले हाइ अलर्ट समेत जारी गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जोखिमका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई २७ गते […]
काठमाडौं – चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो। आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य […]
काठमाडौं । भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी […]
जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । डीएसपी सापकोटाका अनुसार आमालाई बचाउन गएकी उनकी […]