होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराकाे सदरमुकाम जाेड्ने साँफे- मार्तडी राजमार्ग संचालनमा आएको छ । मंगलबार राति राजमार्ग अन्तरगत नुनेपानीमा सडक माथिबाट खसेको पहिराेले अवरुद्ध भएको थियो । बुधबार विहान सडकमा खसेको पहिरो सडक विभागले जेसिवि मार्फत पन्छाइएपछि उक्त सडक संचालनमा आएको हाे । जिल्लामा निरन्तर वर्षा भइरहेको छ । जसका कारण साँफे मार्तडी राजमार्ग अन्तरगत […]
नागरिक रैबार। बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नि:शुल्क खाना र बास बस्नका लागि उचित व्यवस्था गरिने भएको छ । जनै पुर्णिमाका अवसरमा लाग्ने मेलामा बुढीनन्दा क्षेत्रमा आउनेहरुलाई ६ दिनसम्म यस्तो सुविधा दिन लागिएको हो । बुढीनन्दा नगरपालिका र बाजुराको पर्यटन प्रवर्द्धनका लागि सक्रिय युवाहरूको समूह ‘वाइल्ड […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नदीहरुको हालको अवस्थाबारे जानकारी गराएको छ । महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार बिहानको मापनमा कोशी, कर्णाली, नारायणी, महाकाली, बागमती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको जनाएको छ । महाशाखाले तीन दिनसम्मको अनुमान गर्दै आज दिउँसो, […]
नागरिक रैबार/बाजुरा १४ साउन।बाजुरामा पानीपुरी र चट्पटे खाँदा एकै पटक १२ जना विरामी परेका छन् । बडीमालिका नगरपालिका–९ को नापी कार्यालय नजिकै मिना खातुनले संचालन गरेको पसलमा पानीपुरी र चट्पटे खाएका १२ जना बिरामी भएका हुन् । पानीपुरी र चट्पटे खाएपछि विरामी भएकाहरुको अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ । एकैपटक बिरामी भएका सबैजनामा […]
नागरिक रैबार/बाजुरा १३ साउन। बाजुराको बडीमालिका नगरपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न २ वटा विद्यालयलाई एउटै विद्यालयसंग मर्ज (समायोजन) गरेको छ । बडीमालिकाको सेवा क्षेत्रभित्रका विद्यालयहरुको गुणस्तर सुधार्न विद्यालयहरुलाई मर्ज गर्ने निति अनुरुप वडा नम्वर ३ मा रहेको खाति भिटा आधारभुत विद्यालयलाई चोयाकोट माविसंग मर्ज (समायोजन) गरेको हो । बडीमालिका–३ सेरगाउँमा रहेको खातिभिटा आधारभुत विद्यालयलाई चोयाकोट […]
नागरिक रैबार/बाजुरा १३ साउन । बाजुराको सदरमुकाम मार्तडीमा व्यवसाय गर्दै आएका व्यवसायी पुष्प खड्काको असामयिक निधनप्रति बाजुुरा उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ । सफल व्यवसायीका रुपमा परिचित खड्काको असामयिक निधनले बाजुरा उद्योग वाणिज्य संघ परिवार लगायत समग्र बाजुराको व्यवसायी क्षेत्रमा अतुलनीय क्षती पुगेको उद्योग वाणिज्य संघले बताएको छ । डोटी जिल्ला सिलगढी नगरपालिका […]
गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कैलाश एयरको हेलिकप्टरमार्फत उनीहरुलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताए । पहिरोमा परि सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय छमबहादुर गुरुङ घाइते भएका थिए । उनीहरुमध्ये दिलिपको अवस्था गम्भीर […]
काठमाडौँ । १५ दिन बिति सक्दा पनि नारायणगढ मुगलिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । ६५ जना सवार उक्त बसका ३ जना […]
काठमाडौँ —हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशभरका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश,वाग्मती […]
काठमाडौं । गएराति नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य स्थगित भएको छ । बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए । अब भोलि बिहानबाट मात्रै बेपत्ता बस खोज्न सुरु गरिने न्यौपानले बताए ।‘नदीमा पानीको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी आन्दोलनको भावुक बहकाउमा नै आफूले नेकपा एमालेसँग गठबन्धन गरेको बताएका छन् । तर, आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएको सुनाए । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधामनन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई धोकाबाट बच्न सुझाव पनि दिए । ‘निर्वाचनपूर्वकै गठबन्धन अर्थात् नेपाली कांग्रेससहितको सत्ता […]
पोखरा । कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एकजनाको मृत्यु भएको छ । गएराति १० […]
नागरिक रैबार/बाजुरा २५ असार। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर २ स्थित बल्देमा मोटर साईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । घाईते हुनेमा बुढीगंगा नगरपालिका-५ घर भएका मोटर साईकल चालक हिमाल थापा र जुम्ला जिल्ला घर भई डिभिजन बन कार्यालय बाजुरामा कार्यरत क्रमचारी श्रीराम रावत रहेका छन । मंगलबार विहान सदरमुकाम मार्तडीबाट फालासैन बजार […]
नागरिक रैबार/बाजुरा २२ असार। बाजुराकाे बडीमालिका नगरपालिका-८ र ९ मा पर्ने बाउली खाेलामा आएकाे बाढीले काठेपुल बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या भएकाे छ । वर्षातकाे समयमा बडीमालिका-७ का सहित पुर्विउत्तरी क्षेत्रका स्थानीयकाे मुख्य पैदलमार्ग समेत रहेकाे बाउली खाेलाकाे काठेपुल बाढीले बगाएपछि अहिले उक्त खाेला हुँदै आवतजावत गर्ने नागरिकहरूलाई समस्या भएकाे हाे । हिउँदकाे समयमा काेल्टी सम्म […]
बाजुरा । बाजुराकाे हिमाली गाउँपालिका -२ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँमा शुक्रबार राति पहिरोमा परेर ७० बाख्रा मरेका छन् । अविरल वर्षाका कारण बाख्रा राखेको खोर माथिबाट आएको पहिरो आएको हो । स्थानीय गोरखराज बोहराका ४०, जर्म बोहराका १० र जीवन बोहराका २० वटा गरी ७० बाख्रा पहिरोले पुरेको हो । अन्य १० वटा […]
नागरिक रैबार/बाजुरा १४ असार। बाजुराको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउन थप ६० वटा सडक बत्ति जडान गर्न थालेको छ । बडीमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार बजारका सार्वजनिक ठाउँहरुमा नेपाल विद्युत प्राधिकरण अन्तरगतको सडक बत्ति जडान गर्न थालेको हो । बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा मार्तडी बजारभित्रका सार्वजनिक ठाउँहरुमा नेपाल […]
नागरिक रैबार/बाजुरा १० असार।बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ५० करोड ३९ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न १५ औं अधिवेशन तथा दोस्रो नगरसभाबाट सो बजेट सार्वजनिक गरेको हो । ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका […]
बाजुरामा कैदीबन्दी भेट्न गएका २ जनालाई प्रहरीले चरेशसहित पक्राउ गरेको छ । आइतबार साँझ कारागारमा कैदीबन्दी भेट्न गएका बुढीगंगा नगरपालिका–५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापालाई चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कारागारमा रहेका आफन्तलाई भेट्न आएका दुबै जनाले खाजाका लागि ल्याएको […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका प्राचार्य शुभराज पाध्याय सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रधानाध्यापक बनेका छन् । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएकाे भन्दै पाध्यायलाइ उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको हो। सुदुरपश्चिम प्रदेशकै उत्कृष्ट प्रअ पाध्यायलाइ पुरस्कार सहित सम्मान गरिएकाे हाे । पानले शनिवारदेखि सुरु भएको तीन […]
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाले चारवटा योजना प्रदेश सरकारबाट माग गरेको थियो।चालु आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्न विस्तृत योजना प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कनको कामसमेत गरेर नगरपालिकाले चारवटा योजना प्रदेश सरकारसँग माग गरेको हो। पर्यटकीय क्षेत्र राजकाँडासम्म जाने सडक, कर्णाली चिसापानी पुलमा विद्युतीकरण र टीकापुर सडकमा विद्युतीकरणलगायतका योजनाहरु लम्कीचुहा नगरपालिकाले सुदूरपश्चिम सरकारसँग माग गरेको हो। […]