होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन । पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार […]
सुर्खेत,मुगु — मुगुको सोरु गाउँपालिका–५ की उमा मल्ल सदरमुकाम गमगढीस्थित महाकाली माविकी छात्रा हुन् । उनी पढ्नकै लागि २ वर्षदेखि डेरा लिएर गमगढी बस्दै आएकी छन् । ‘गाउँमा पढाइ हुँदैन भनेर यहाँ आएँ,’ उनले भनिन्, ‘यहाँ झन् कुनै पनि विषयका ६/७ वटाभन्दा बढी पाठ नै सकिएनन् ।’ उनका अनुसार विद्यालयमा यो वर्ष ७५ दिन मात्र पढाइ भएको छ । […]
सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुर्खेत आउने भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोश्रो दीक्षान्त समारोहमा सहभागी हुन उनी सुर्खेत आउन लागेका हुन् एमयूले स्नातक र स्नातकोत्तर अध्ययन गरेका पाँच सय १९ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम छ । मानविकी संकायका डीन लिलाधर तिवारीका अनुसार आज कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा दोश्रो दीक्षान्त समारोहमा […]
मनाङ, ५ बैशाख ।आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईले बताए । उनका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो । बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा […]
काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा […]
काठमाडौंः म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ। रघुगङ्गा गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहरदोहर गर्न बाध्य छन्। झोलाभरि किताब र कापी बोकेर दैनिक चारघण्टा हिँडेर विद्यालय जान र घर फर्किन उनीहरुलाई निकै सकस हुने गरेको छ। बालबालिका भिर, पाखा र खहरे खोलालाई छिचोल्दै […]
काठमाडौं। यसवर्ष पाठ्यक्रम विकास केन्द्रले विद्यालय तह कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ कै मूल्य लागू गर्न निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यथावत रहेको भएकोले सोही अनुरुप गर्न गराउन निर्देशन दिएको हो । केन्द्रले कक्षा १ देखि ९ सम्मका […]
नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन् । यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)ले लगानी गरेको हो । रोबोट बनाउन शिक्षकबाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप्राध्यापक रुपेश दही श्रेष्ठ, डिपार्टमेन्ट अफ कम्युटर साइन्स एण्ड इन्जिनियरिङका सहप्राध्यापक दिनेश डंगोल तथा […]
काठमाडौं, चैत २४ । विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना गर्ने र जेठबाट कक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयलाई पत्राचार गरेको छ । केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार नियमित भर्ना हुनेबाहेक विद्यालय बाहिर रहेका करिब […]
अछामका भरत साउद यहाँको काठेखोला गाउँपालिका–५ स्थित करलिम आधारभूत विद्यालयलको कक्षा ३ मा पढ्छन् । उनलाई विद्यालयले निःशुल्क पढाइसहित छात्रावासको सुविधा दिएको छ । उनसँगै अछामका ८, बैतडी र हुम्लाका एक÷एक जना विद्यार्थी सो विद्यालयमा पढ्छन् । विद्यालय सेवा क्षेत्र बाहिरको निसीखोला गाउँपालिकाका १२ जना विद्यार्थी पनि त्यहाँ अध्ययनरत छन् । परिवारको आर्थिक स्थिति कमजोर […]
राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ। बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्याङ्कन गर्दै यो वर्षको परीक्षामा पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय गरेको हो। बोर्डले आफ्ना सबै प्रदेश परीक्षा कार्यालयलाई पत्राचार गरी […]
चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका छन् । मन्त्री […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। जिल्लाको बडीमालिका नगरपालिका वडा न.. ६ जगाङ्गामा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयलाई तीन तारे घोषणा गरिएको छ । मंगरबार एक कार्यक्रमका बिच उक्त बिद्यालयलाई तीन तारे घोषणा गरिएको हो । विद्यालयमा स्वच्छ पिउने पानी, उपयुक्त शौचालय र स्वच्छ वातावरण जस्ता चरणहरुमा पुणर्ता भएपछि विद्यालयलाई मंगलबार एक कार्यक्रमका विच तिनतारे घोषणा गरिएको […]
जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याङ्ग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे । विद्यालयमा दुई कोठे तीनवटा भवन छन् । भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् । विद्यार्थीहरूलाई […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप गरेको छ ।यसअघि बोर्डले गत माघ ७ गतेसम्म म्याद राखेकोमा छुट भएकालाई माघ मसान्तसम्म म्याद थप गरेको थियो । बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउन […]
काठमाडौं । श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ ।परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरिएको श्रीलङ्काका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले जनाएको छ । परीक्षा आउँदो सोमबारदेखि […]
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस्तो […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ ।बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ […]