होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन्। परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी […]
काठमाडौँ । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ […]
काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले संघीय शिक्षा ऐन ल्याउन ढिलो गर्न नहुने बताएका छन्। २०२८ सालकै शिक्षा ऐनलाई टालटुल गरि चलायरहेको बताउँदै उनले संघीय शिक्षा ऐन अबिलम्व ल्याउनुको विकल्प नरहेको बताए। मंगलबार सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सांसद पाण्डेले २०२८ सालमा बनेको शिक्षा नीतिलाई पटकपटक संशोधन गरेर चलाइरहेको […]
काठमाडौँ । चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ । यसैगरी उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ […]
काठमाडौं: परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो। २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ । […]
नागरिक रैबार/बाजुरा १५ फागुन । आगामी चैत्र १७ गतेबाट संचालन हुने माद्यमिक शिक्षा परीक्षा (एसईई) का लागि बाजुरामा १५ वटा परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा समन्वय इकाई बाजुराले आगामी चैत्र १७ गते बाट एकैसाथ संचालन हुने एसईई परिक्षाका लागि जिल्लाभरका ९ वटै पालिकामा १५ वटा परीक्षा केन्द्र तोकेको हो । यस वर्ष बाजुरामा नियमित […]
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका कारण दैनिक पठनपाठनलगायत शैक्षिक गतिविधि प्रभावित नहोस् भनेर चार दिन मात्रै प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार चैत ५ मा देशभरका आंगिक, सामुदायिक र निजी क्याम्पसमा निर्वाचन हुँदै छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९, आचारसंहिता र समय तालिका जारी गर्दै त्रिविले फागुन २९ दिउँसो […]
टेकराज भण्डारी। फागुन ८ अछाम। अछामको मंगलसेन नगरपालिकाले आफ्नो सेवा क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाका ४९ वटै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा पुर्याउन आवश्यक उपकरण प्रदान गरेको छ । नगरभित्रका ११ वटा माध्यामिक विद्यालयमा ईन्टरनेट सेवा जडान गरिसकेको यहाँका ३८ वटा आधारभूत विद्यालयमा अब ईन्टरनेट सेवा जडान हुने मंगलसेन […]
नागरिक रैबार/बाजुरा २० माघ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा कार्यरत शिक्षक उत्तमराज जोशीको विदाई गरिएको छ । २०७२ साल पौष ५ गतेदेखि मालिका नमुना माविमा मावि तहको स्थायी शिक्षक दरबन्दीमा कार्यरत रहेका शिक्षक जोशीको आज एक औपचारिक कार्यक्रमका विच भव्य रुपमा विदाई गरिएको मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । शिक्षक जोशीले […]
नागरिक रैबार/बाजुरा २९ पुस। बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा रहेको समता स्कुललाई कक्षा १ देखि ५ सम्म संचालन गर्न अनुमति दिएको छ । बडीमालिका नगरपालिकाको १२ औं अधिवेशनबाट समता स्कुललाई कक्षा १ देखि ५ सम्म संचालनका लागि अनुमति दिने निणर्य गरेको पत्रकार सम्मेलन मार्फत नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । समता एजुुकेशन पाउण्डेसनद्धारा संचालनमा रहेको […]
काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आउँदो ५ चैतमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार जारी गरेको सूचनाअनुसार ५ चैतमा त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन हुने र यसका लागि तयारी गर्न र गराउन क्याम्पसहरूलाई आग्रह गरिएको छ । त्रिवि कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले […]
आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको बताए । नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयार भएपछि छपाईका लागि […]
नागरिक रैबार/बाजुरा ७ असोज।नेकपा माओवादी केन्द्र निकट विद्यार्थी भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी बाजुराले विद्यार्थीसङ्ग अखिल क्रान्तिकारी अभियान सूरु गरेको छ । अखिल क्रान्तिकारी बाजुराले सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविबाट सो अभियान सूरु गरेको हो ।विद्यार्थीसङ्ग अखिल क्रान्तिकारी भन्ने मुल नाराका बाजुरामा सदरमुकामको मालिका नमुना माविबाट अभियानको सूरुवात गरिएको अखिल क्रान्तीकारी बाजुराका अध्यक्ष खेमराज सांउदले […]
नागरिक रैबार/बाजुरा ७ असोज।बाजुराको सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यमिक विद्यालयले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै बडादशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विद्यालयले गत भदौ १५ देखि २३ गतेसम्म संचालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै बडादशै, तिहार, छठ पर्व-२०७९ तथा नेपालसम्वत् ११४३ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गरेको […]
काठमाडौं । नेपालको संविधानले आधारभूत तहलाई अनिवार्य र नि:शुल्क भनेको छ र माध्यामिक शिक्षालाई निशुल्क गर्ने भनेको छ । तर कतिपय क्षेत्रका बालबालिकाले आधारभूत तहको शिक्षा पनि सजिलैसँग पाउन सकेका छैनन् । ग्रामीण क्षेत्रका कतिपय विद्यालयका बालबालिका ज्यान जोखिममा राखेर पढ्न बाध्य छन् । स्थानीय तह, जिल्ला शिक्षा समन्वय इकाइको बेवास्ता जस्ता कारणले विद्यार्थीहरु आधारभूत […]
नागरिक रैबार/बाजुरा ३० भदौ। बाजुरा जिल्लाका ६७ बिद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा परेका छन । जिल्लामा स्थानिय पालिकाको सिफारस गरी पठाएका मध्य ६७ बिद्यालय छनोटमा परेका हुन । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । साे कार्यक्रम अन्तर्गत बाजुराका ६७ विद्यालयलाई छनोटमा परेका छन । गुणस्तरीय शिक्षाका लागि नवीन […]
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरेको जनाएको छ । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुरामा ५८ औं राष्ट्रिय बालदिवस भव्य कार्यक्रम गरेर मनाएको छ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ बाजुराका ९ वटै स्थानीय तहका विद्यालयहरुले विभिन्न कार्यक्रम गरेर सो दिवस भव्यताका साथ मनाएका हुन् । दिवसकै अवसर पारेर बाजुराको बडीमालिका नगरपालिकामा रहेको मालिका माविले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विच […]
काठमाडौँ — शैक्षिक सत्र सुरु भइसक्दा पनि कक्षा ११ र १२ का पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थी, अभिभावक र शिक्षकले गुनासो गरेका छन् । कक्षा ४–१० को पाठ्यपुस्तक समयमै छाप्न नसकेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को पुस्तक छपाइमा पनि ढिलाइ गरेको हो । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले बजारमा कक्षा ११ र १२ को […]
काठमाडौँ — कक्षा १२ र १० को हालसालै सार्वजनिक नतिजाअनुसार अंग्रेजी र गणित विषयमा विद्यार्थी सबैभन्दा बढी कमजोर देखिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो साता प्रकाशित गरेको कक्षा १२ को नतिजामा १ लाखभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा नन–ग्रेडिङ (एनजी) मा परे । अब ग्रेडवृद्धि परीक्षामा ग्रेड बढे मात्र उनीहरूले उच्च शिक्षा पढ्न पाउँछन् । अंग्रेजीसहित ५२ प्रतिशत […]