होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ माघ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका २६ वटा सामुदायिक विद्यालयका करिव ४ हजार विद्यार्थी र शिक्षक कर्मचारीहरुलाई चिसो छल्न न्यानो लुगा वितरण गर्न थालिएको छ । मंगलबारबाट गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षक कर्मचारीहरुलाई चिसो छल्नका लागि न्यानो लुगा वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । अध्यक्ष रोकायाका अनुसार […]
बाँके — चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ । शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट […]
काठमाडौं- कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भएमा हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब पाँच लाख विद्यार्थीले परीक्षा फाराम र रजिस्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन। यी शीर्षकमा शुल्क नलिने निर्णय गरेर बोर्डले कार्यान्वयनका लागि […]
नागरिक रैबार/बाजुरा ५ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर-३ मा रहेको चोयाकोट मावि ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमका लागि छनोट भएको छ । सुनसरी जिल्लामा रहेको सजिलो शिक्षा संस्थाले हालै सार्वजनिक गरेको ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम अन्तरगत बाजुराको चोयाकोट मावि एकसय ८० विद्यालय मध्ये १० औं नम्वरमा छनोट भएको विद्यालयका प्रधानाध्यापक गोरखबहादुर थापाले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ४ पुुस । बाजुराको बुढीगंगा नगरपालिकाका वडाहरुमा बालविवाह अन्त्यका लागि अभियान थालिएका छन् । नगरपालिकामा बढ्दो बालविवाह न्युनिकरण गर्न अहिले वडा वडामा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु अभियानका रुपमा संचालन भईरहेका छन् । बुढीगंगाका १० वटा वडा मध्ये सवै भन्दा बढी बालविवाह भएको वडाका रुपमा चिनिएको वडा नम्वर ६ मा बालविवाह अन्त्यका लागि किसोर किसोरी, […]
बागलुङ- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ। उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास […]
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुराको बुढीगंगा नगरपालिका र बुढीगंगा सिप विका तथा प्रशिक्षण केन्द्रले निःशुल्क तयारी कक्षा संचालन गरेपछि त्यसतर्फ विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । बुढीगंगा नगरपालिका र बुढीगंगा सिप बिकास तथा प्रशिक्षण केन्द्रद्वारा संचालन गरिएको निम्न माद्यमिक तहको अध्यापन अनुमतिपत्रको निःशुल्क तयारी कक्षा संचालन गरेपछि विद्यार्थीहरुको आकर्षण बढेको हो । २०८१ कार्तिक ८ […]
कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्।राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौकास्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिएको छ। रजिस्ट्रेसन नम्बरको सुरूको अंक ५६ वा सोभन्दा बढी […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । अर्थात ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । एक लाख […]
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको छ।शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो। देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा […]
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा)को नतिजा सोमबार प्रकाशन गरेको हो। परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयकमा प्रस्तावित जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था हटाउन माग गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० मा परेको संशोधनबारे छलफल गरिरहेको छ ।संशोधनकर्तामध्ये एक कांग्रेस सांसद थापाले प्रस्तावित जिल्ला शिक्षा कार्यालयलाई संविधानले नै नचिन्ने बताए । उनले भने, ‘जिल्ला शिक्षा कार्यालय […]
नागरिक रैबार/बाजुरा ३० साउन। बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित मालिका नमुना माविमा कार्यरत शिक्षक विष्णुप्रसाद पाण्डेद्धारा लिखित एक आधारभूत अंग्रेजी व्याकरण पुस्तक पुस्तकको विमोचन गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका विच शिक्षक पाण्डेद्धारा लिखित उक्त पुस्तकको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले विमोचन गरेका हुन् । बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ४ घर भई मालिका नमुना […]
नागरिक रैबार/बाजुरा २३ साउन। माध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षा आजबाट सूरु भएको छ । परिक्षामा बाजुराबाट १ हजार ५ सय ८२ जना परिक्षामा सहभागी भएका छन् । जसमा ६ सय ८७ छात्र र ८ सय ९५ छात्रा हरु सहभागि छन् । यस अघिका वर्षहरुमा एसईईको पुरक परिक्षामा सहभागि हुने जिल्लाभरका विद्यार्थीहरुले सदरमुकाम मार्तडीमा आएर […]
काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा २ लाख ८ हजार ९०३ जना सहभागी हुँदैछन् । यही साउन ३१ गतेसम्म चल्ने परीक्षाका लागि ५५० केन्द्र तोकिएका छन्। सरकारले यस वर्ष दुई वा सोभन्दा बढी विषयमा ननग्रेड […]
काठमाडौँ । कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । दुई […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ […]
राजेन्द्र विक /बाजुरा १८बैशाख। पुर्व शिक्षा मन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोख्रेलले गुणस्तरीय शिक्षा समृद्ध नेपालको पहिलो आधार भएको बताएका छन् । गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि समुदाय , अभिभावक र अन्य क्षेत्रको योगदान आवश्यक भएपनि पहिलो जिम्मेवारी शिक्षकहरुको हुने पोखरेलको भनाई छ । बडीमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि आयोजना गरेको प्रशिक्षण तथा अन्र्तक्रिया […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि सुरु हुँदै छ । परीक्षा भोलि (बिहीबार) बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन भोलि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार आठ सय ६ विद्यालयबाट पाँच लाख चार हजार ४१४ परीक्षार्थी सामेल हुने परीक्षा […]