होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० माघ। बाजुरामा बसको ठक्करबाट नाबालकको मृत्यू भएको छ । मृत्यु हुनेमा सोही बुढीगंगा नगरपालिका-८ बस्ने कुल ल्वारका ४ वर्षीय छोरा निशु ल्वार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार विहिबार दिउसो सदरमुकाम मार्तडीबाट महेन्द्रनगर जादै गरेको सु प प्र ०१-००१-१०२० […]
नागरिक रैबार/बाजुरा १० माघ। नेकपा एमाले बडीमालिका नगर कमिटीको दोसो अधिवेशन सूरू भएकाे छ । अधिवेशनको एक कार्यक्रमका विच पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका छन् । नगर कमिटीका सचिव राजेश पायल विककाे अध्यक्षतामा सूरू भएकाे अधिवेशनकाे प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका छन् । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय […]
नागरिक रैबार/बाजुरा १० माघ । बाजुरामा नेपाल विद्युत प्राधिकरणको ३३ केभिए प्रसारण लाइन जडान गरिएको छ । २०७८ माघ महिनामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन संग जोडिएको बाजुरा विगत ३ वर्ष यता ११ केभिए क्षमताको विद्युत प्रसारण गरेर सेवा दिई रहेकाे थियो । अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्म ११ केभिए विद्युत प्रसारण लाईन ३ […]
नागरिक रैबार/बाजुरा १० माघ।नेकपा एमाले बडीमालिका नगर कमिटीको दोसो अधिवेशनको उद्धघाटन् आज हुने भएको छ । आज हुने उक्त नगर कमिटीको अधिवेशनको उद्धघाटन् पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्ने एमाले बडीमालिका नगर कमिटीका सचिव राजेश पायल विकले बताएका छन् । बडीमालिका नगर कमिटीको अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, सुदूरपश्चिम […]
नागरिक रैबार/बाजुरा ९ माघ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका २६ वटा सामुदायिक विद्यालयका करिव ४ हजार विद्यार्थी र शिक्षक कर्मचारीहरुलाई चिसो छल्न न्यानो लुगा वितरण गर्न थालिएको छ । मंगलबारबाट गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षक कर्मचारीहरुलाई चिसो छल्नका लागि न्यानो लुगा वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । अध्यक्ष रोकायाका अनुसार […]
नागरिक रैबार/ बाजुरा ७ माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पर्यटकीय क्षेत्र पोरखेगढीमा बसेको छ । शनिबार पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा नयाँ कार्यसमितिको पहिलो बैठक पोरखेगढी विभिन निर्णय गर्दै सम्पन्न भएको हो । मंसिर २८ गते भएको पत्रकार महासंघ बाजुराको साताै जिल्ला अधिवेशनबाट पदम बहादुर सिंहको नेतृत्वमा निर्वाचित पत्रकार […]
नागरिक रैबार/बाजुरा ३ माघ । बाजुराको बुढीगंगा नगरपालिकामा रुखबाट लडेर खसेर एक महिलाकाे मृत्युु भएकाे छ। मृत्युु हुनेमा साेही नगरपालिका-३ बसालीकी ४३ वर्षीया बसन्ती उपाध्याय रहेकाे आफन्त तथा नेपाली काँग्रेस बुढीगंगा नगर कार्य समिति सभापति जयराज उपाध्यायले जानकारी दिएका छन् । उनले दिएकाे जानकारी अनुसार बिहान भैसीका लागि घर नजिकै रहेकाे रुखमा डालेघाँस काट्न गएका […]
नागरिक रैबार/बाजुरा ३ माघ । गौमुल गाउँपालिकाका कृषकहरुको बारीमा फलेको अर्गानिक सुन्तला सदरमुकाम मार्तडीबजारमा विक्री हुन थालेको छ । गाउँपालिकाको ४ नम्वर वडाको रेडिखेल्नामा उत्पादन भएको सुन्तला कृषि ज्ञान केन्द्रले बजारीकरणका लागि ढुवानी अनुदान सहयोगमा सदरमुकाम ल्याएर बिक्री गर्न थालिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम सहानिले बताएका छन् । ढुवानी र बजारीकरणको अभावमा […]
नागरिक रैबार/बाजुरा २ माघ । बाजुराको हिमाली गाउँपालिका ६ पाडीगाउँमा नेपाल टेलिकमको फोरजि सेवा संचालनमा आएको छ । यस अघि पाँडी गाउँमा सामान्य फोन सेवा बाहेक अन्य सुविधा थिएन् । सोमबार देखि नेपाल टेलिकमको फोरजि सेवा गाउँमा सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । हिमाली गाउँपालिका देशकै अति विकट पालिकाका रुपमा परिचित छ । बाजुराका […]
नागरिक रैबार/बाजुरा १ माघ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताको उपाधि वडा नम्वर ३ जुकोटमा रहेकाे शम्भुसुनन्दा माविले उचालेको छ । राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ पु २५ गतेबाट सञ्चालन भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेर शम्भुसुनन्दा माविले […]
नागरिक रैबार/बाजुरा २९ पुस । बाजुराको गाैमुल गाउँपालिकामा भीरबाट लडेर घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा साेही गाउँपालिका वडा नम्बर ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकाया रहेकी छन् । शनिबार भिरबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो । शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट […]
नागरिक रैबार/बाजुरा २८ पुस । बाजुराको बुढीगंगा नगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” भन्ने मूल नाराका साथ आइतबार सञ्चालन भएको नगर सभा सम्पन्न भएको हो । सभाले ४ वटा कार्यविधि पारित समेत गरेको छ । नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा भएको […]
नागरिक रैबार/बाजुरा २८ पुस।बाजुरा बुढीगंगा नगरपालिकाको ११ औं हिउँदे नगर सभा आइतबारबाट सुरु भएको छ । “शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र पुर्वाधार,सुरक्षित र समृद्धक बुढीगंगा विकासको आधार” भन्ने मुल नारा सहित सभा संचालन गरिएको हो । हिउँदे नगर सभामा नगर प्रमुख तथा सभाका अध्यक्ष रामबहादुर बानियाँले सभामा निती, ऐन कार्य विधीहरुमा सभाका पेश गरिएको नगरपालिकाले जनाएको छ । हिउँदे […]
नागरिक रैबार/बाजुरा २८ पुस । बुढीनन्दा नगरपालिका वडा नम्वर १० मा रहेको सिद्देश्वरी आवासीय विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको छ । वडा नम्वर १० निवासी समाजसेवी शंकर प्रसाद उपाध्याय र मनकला उपाध्यायको सहयोगमा विद्यालयमा अध्ययनरत गरिब, विपन्न, हलिया, खलिया र जनजाति विद्यार्थीहरुलाई बलांकेट, रग, गद्दा गरेर २१ थान कपडा वितरण गरिएको […]
नागरिक रैबार/बाजुरा २६ पुस ।बाजुराकाे सदरमुकाम मार्तडी देखि काेल्टी सम्म नियमित चल्ने गरि आजबाट बससेवा संचालनमा आएकाे छ । मार्तडी-काेल्टी सडक सिलान्यासकाे २५ वर्षपछि उक्त सडकमा आजबाट संचालन हुने गरि बस सेवा सूरू गरिएकाे हाे । २०५६ सालमा मार्तडी देखि काेल्टीसम्मकाे करिव ४२ किलाेमिटर सडक २२ वर्षपछि स्तराेन्नति गरिएकाे थियाे। सदरमुकाम मार्तडी बजारबाट चुथिसम्म ९ […]
नागरिक रैबार/बाजुरा २६ पुस । मार्तडी कोल्टी बस सेवा आजबाट संचालन हुने भएको छ । आज दिउसो १ बजे कोल्टीका लागि मार्तडीबाट बस सेवा संचालन गरिने बुढीनन्दा नगरपालिकाले बताएको छ । आज पहिलो दिन महाकाली यातायातको एक बस मार्तडीबाट कोल्टीका लागि पठाइने महाकाली यातायात प्रालिले जनाएको छ । आज पहिलो दिन मार्तडीबाट कोल्टीसम्म नि:शुल्क बसमा […]
नागरिक रैबार/बाजुरा २६ पुस । मार्तडी कोल्टी बस सेवा संचालन गर्न यातायत व्यवसायीलाई बुढीनन्दा नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले मार्तडी-कोल्टी सडकमा बस सचालनका लागि महाकाली यातायात प्रालिलाई विहिबार एक पत्र पठाउँदै आग्रह गरेको हो । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराद्वारा हस्ताक्षेरीत पत्र मार्फत महाकाली यातायात प्रालीलाई बस संचालनका लागि अनुरोध गरिएको हो […]
बाजुराः बाजुरामा जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।जिल्ला अदालत बाजुराको मिति २०८० मंसिर १३ गतेको फैसलाले जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दामा ५० हजार जरिवाना तोकिएपछि फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका–७ लामागडा बस्ने ५५ वर्षीय रंगलाल पाध्या पक्राउ परेका हुन्। पाध्यालाई प्रहरी चौकी बार्जुगार्ड, बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीवार बुढिगंगा […]
नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा उक्त प्रतियोगिता आजबाट सूरु भएको हाे । प्रतियोगितामा पालिकाभरका ६ वटा माध्यमिक विद्यालयहरु सहभागीता भएका छन् । प्रतियोगिता वडा नम्बर ४ वाईमा रहेको स्वामीकार्तिक माध्यमिक विद्यालयमा सञ्चालन भएको छ । रनिङ […]
नागरिक रैबार/बाजुरा २४ पुस । बाजुरामा भालुकाे आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेला बस्ने अन्दाजी ३५ बर्षका रणबहादुर रावत रहेका छन् । उनलाई मंगलबार हिजो दिउँसो गाइवस्तुका लागि स्याउला बटुल्ने क्रममा खप्तड राष्ट्रिय निकुज्ज नजिकै रहेकाे जंगलमा भालुले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय […]