होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ असार। बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा स्तरीय सामुदायिक वन उपभोक्ता समूहका लागि एक दिने अन्तरक्रिया गोठी सम्पन्न भएको छ । बडीमािलका नगरपालिका वडा नम्वर २ को आयोजना र डिभिजन वन कार्यालय बाजुरासंगको सहकार्यमा वडा स्तरीय सामुदायिक वनका उपभोक्ताहरुका लागि एकदिने अन्तरक्रिया गोष्ठी सम्पनन गरिएको हो । वडामा रहेका सामुदायिक वनहरुको […]
नागरिक रैबार/बाजुरा १० असार।बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ५० करोड ३९ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न १५ औं अधिवेशन तथा दोस्रो नगरसभाबाट सो बजेट सार्वजनिक गरेको हो । ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका […]
बाजुरामा कैदीबन्दी भेट्न गएका २ जनालाई प्रहरीले चरेशसहित पक्राउ गरेको छ । आइतबार साँझ कारागारमा कैदीबन्दी भेट्न गएका बुढीगंगा नगरपालिका–५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापालाई चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कारागारमा रहेका आफन्तलाई भेट्न आएका दुबै जनाले खाजाका लागि ल्याएको […]
नागरिक रैबार/बाजुरा ६ असार। बाजुराको सदरमुकाम मार्तडीमा करेन्ट लागेर एक युवक घाइते भएका छन् । बिहिबार बेलुकी विद्युतको तार मर्मत गर्ने क्रममा त्रिवेणी नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र अन्तरगत बडीमालिका नगरपालिका ९ कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ […]
नागरिक रैबार/बाजुरा। बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ ले लैंगिक हिंसा रोकथामका लागि सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । वडा नम्बर ८ को आयोजनामा वडामा रहेको महिलाहरुको सहभागितामा लैङ्गिक हिंसा राेकथामका लागि सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको वडा अध्यक्ष चन्द बहादुर थापाले बताएका छन । नगरपालिकामा हुने हिसांका घटना न्युनिकरणमा गर्न महिलाहरु […]
बाजुरा। रेडियो नेपालले बाजुराबाट एफ एम रिले परिक्षण प्रसारण सुरु गरेको छ।जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर-७ कालाजग्रा पोरखेगढीबाट एफ एम ब्यान्डको ९८ मेगाहर्जमा परीक्षण प्रसारण सुरु गरेको हो । कालाजग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावर सँगै रेडियो नेपालको एफ एम रिले स्टेसन स्थापना गरी ५ सय वाट क्षमताको ट्रान्समिटर जडानका साथ परिक्षण प्रसारण सुरु गरिएको […]
नागरिक रैबार/बाजुरा २८ जेठ। बुढीनन्दा नगरपालिका वडा नम्वर ३ नुरीका कृषकहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको बृहत विशेष उत्पादन कार्यकक्रम अन्तरगत सो वडाका ३० जना कृषकलाई उन्नत जातका बाख्रा वितरण गरिएको हो । बुढीनन्दा नगरपालिका ३ मा रहेको थिमकोट बाख्रा पालन समूहका ३० जना कृषकहरुलाई प्रति व्यक्ति […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका प्राचार्य शुभराज पाध्याय सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रधानाध्यापक बनेका छन् । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएकाे भन्दै पाध्यायलाइ उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको हो। सुदुरपश्चिम प्रदेशकै उत्कृष्ट प्रअ पाध्यायलाइ पुरस्कार सहित सम्मान गरिएकाे हाे । पानले शनिवारदेखि सुरु भएको तीन […]
राजेन्द्र विक बाजुरा,२६जेठl नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको २ महिने रुपान्तरण अभियान अन्तर्गत जगन्नाथ गाउँपालिकाको सबै वडामा कार्यक्रम सम्पन्न भएको छ।पालिका भित्रका सम्पुर्ण वडाहरुमा २ महिने रुपान्तरण अभियान कार्यकर्ता भेटघाट् सहित,वडा भेला र जनताका गुनासा सुनेर सम्पन्न भएको जगन्नाथ रुपान्तरण अभियानका प्रमुख नेता माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सचिवालय सदस्य महेश शाही ( क.शुक्रराज […]
राजेन्द्र विक /बाजुरा २६जेठ। बाजुराको बडिमालिका नगरपालिकाले विद्यालयमा पढ्दै सिक्दै कमाउदै कार्यक्रमको अवधारणा ल्याएपछी विद्यार्थीहरु परम्परागत रुपमा गाउँघरमा प्रयोग हुँदै आएका सामग्रीहरु निर्माण गर्न थालेका छन्। विद्यार्थीले निर्माण गरेका स्थानिय सामग्रीहरु नगरपालिकाले खरिद गरि बजारीकरण गरिदिने भएपछी विद्यार्थीहरु पढाइका साथ-साथै परम्परागत सिपको जगेर्ना गर्ने गरि सामग्री निर्माणमा जुटेका हुन्। यसरी पढ्दै सिक्दै कमाउदै कार्यक्रमलाई प्रभावकारी […]
३५ वर्षकै उमेरमा पाए राज्यको कार्यकारी जिम्मेवारी बाजुरा । नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओली नियुक्त भएका छन् । नेपाल सरकार उद्योग मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्को बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग मन्त्रालयले ओली सहित सिर्जना श्रेष्ठ र संजयलाल मानन्धरलाई सिफारिस गरेको थियो । सिफारिस गरिएका ३ जना मध्ये बाजुराका पदम ओलीलाई […]
बाजुरामा विद्युतको तार सर्ट भएर एक घरमा आगलागी भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–१ कोल्टी बजारस्थित माने लुहारको घरमा आगलागी भएको हो । बुधबार राति ९ः०० बजे विद्युत सर्ट हुँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, एक ल्याप्टप लगायतको सामान नष्ट […]
बाजुरा। अखिल नेकपा किसान महासंघ बाजुरामा नयाँ नेतृत्व चयन गरिएको छ । महासंघको दोस्रो जिल्ला अधिवेशनबाट प्रसाद खड्का अध्यक्ष रहने गरि नयाँ समिति चयन गरिएको हो । खड्का यस अघि किसान महासंघको जिल्ला संयोजक रहनु भएको थियो । पार्टी कार्यालय बाजुरामा आयोजना गरिएको अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय सचिव तारा खातीले गरेकी हुन् । भने प्रमुख […]
नागरिक रैबार/बाजुरा २२ जेठ।जिल्ला हुलाक कार्यालय बाजुराका कर्मचारीहरुको सक्रियतामा करिव ३० मिटर पक्की बाटो निर्माण गरिएको छ । जिल्ला हुलाक कार्यालय बाजुरामा कार्यरत कर्मचारीहरुको व्यक्तिगत लगानी र जनश्रमदानबाट मार्तडी बजारको खुलामंच जाने मुख्य सडकबाट हुलाक कार्यालय सम्म जाने करिव ३० मिटर बाटो पक्की गरिएको हो । हुलाकका कार्यालय बाजुरामा कार्यरत १२ जनाबाट प्रतिव्यक्ति ५ हजार […]
बाजुरामा पोलियो रोग विरुद्धको आईपिभी खोप अभियान २०८१ यही जेठ १३ गते अर्थात आइतवारदेखि जेठ १८ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आईपिभी खोप अभियान बाजुरामा पनि सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय बाजुराले शनिवार आई. पि. भी खोप अभियान सम्बन्धी मार्तडीमा जिल्ला स्थित संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दैै खोप अभियानको […]
नागरिक रैबारबाजुरा १२ जेठ/बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्वर २ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरिएकाे छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच वडा नम्बर २ लाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले छाउपडी गाेठमुक्त वडा घाेषणा गरेका हुन् । बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाकाे समन्वय र २ नम्बर वडा कार्यालयकाे आयाेजनामा वडालाई छाउपडी गाेठमुक्त वडा […]
बाजुरा। बाजुराबाट शैक्षिक भ्रमणका लागि मुगुकाे राराताल तर्फ जाँदै गरेकाे जीप मुगुमा दुर्घटना भएकाे छ । बुढीनन्दा नगरपालिका-२ मा रहेकाे जनप्रकाश माबिका बिध्यार्थी शैक्षिक भ्रमणका लागि राराताल तर्फ जान लागेकाे जीप दुर्घटनामा परेकाे हाे । जीपमा सवार ११ जना बिध्यार्थी, शिक्षक र चालक घाइते भएकाे प्रारम्भिक सुचना छ । मुगुको खत्याड गाउँपालिका वडा नं २ […]
बाजुरा– नेकपा एमाले बाजुराको आठौ जिल्ला अधिबेसनको मतगणना सूरु भएकाे छ । आईतबार विहान सात बजेबाट सुरु भएको मतदान प्रकृया साढे १२ बजे सम्पन्न भएको थियाे । जम्मा ४ सय ३९ मतदाता प्रतिनिधि रहेकोमा ४ सय २५ मत खसेको मुख्य निर्वाचन अधिकृत तुला बहादुर थापाले बताएका छन । जेठ १ गतेबाट सुरु भएको अधिबेशन ५ […]
नागरिक रैबार/बाजुरा ४ जेठ । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे आठौं जिल्ला अधिवेशनकाे बन्द सत्र ३ दिन पछि सूरू भएकाे छ । जेठ १ गते उद्घाटन भएकाे अधिवेशनपछि बन्द सत्र सूरू गर्ने कार्यतालिका रहे पनि सहमतिका लागि प्रयास गर्दा ३ दिनपछि सूरू गरिएकाे एमाले बाजुराले जनाएको छ । आजबाट जारी बन्द सत्रमा पार्टीकाे राजनीतिक प्रतिवेदन, […]