होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ मंसिर।बाजुराको बडीमालिका नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । नगरपालिकाको १० औं स्थापना दिवसकाे अवसरमा नगरपालिकाभरि सार्वजनिक विदा दिएको हो । २०७१ साल मंसिर १६ गते बाजुरा जिल्लाका मार्तडी, जुगाडा र बुढीगंगा गाविसहरु मिलेर बाजुरा जिल्ला कै पहिलो नगरपालिकाको रुपमा घोषण भएको थियो । बडीमालिका बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको नगरपालिका हो । स्थापना […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। घरको भर्याङबाट लडेर मार्तडीकी वृद्ध एक महिला घाइते भएकी छन् । बडीमालिका नगरपालिका-९ गैरीबजारस्थित चंदारबाडा टोलकी ६० वर्षिया विर्मा चंदारा घरको भर्याङबाट लडेर गम्भिर घाइते भएकी हुन् । आफ्नो घरको दोस्रो तलामा रहेको भर्याङबाट बाहिर निस्कने क्रममा उनि लडेर गम्भिर घाइते भएको उनका छोरा भरत चंदाराले बताएका छ्न् । घाइते चंदाराको […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। साँफे मार्तडी राजमार्ग अन्तरगत जडाङ्गामा विगत ३ वर्षदेखि थन्किएको बेलिवृज अन्तत: बुढीनन्दा नगरपालिकाको कोल्टीको दानसाँगु खोलामा सारिने भएको छ । बेलिवृज दानसाँघु खोलामा जडान गर्ने गरी सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगरबाट आएकाे प्राबिधक सहितकाे टाेलीले बेलिवृज जडान गर्ने गरी सर्भेकाे काम सम्पन्न गरेकाे हाे । मार्तडीदेखि कोल्टी सडकमा […]
नागरिक रैबार/बाजुरा ४ मंसिर। बाजुराको बडीमालिका नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् । खप्तड क्षेडेदह गाउँपालिकाका असोज ८ गतेदेखि र बडीमालिका नगरपालिका असोज २३ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका हुन् । खप्तड क्षेडेदहका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्याय र बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीको सरुवा […]
नागरिक रैबार/बाजुरा १ मंसिर । बाजुराको बडीमालिका नगरपालिकाले प्रथम बडीमालिका कोदो दिवस–२०८१ भव्यताका साथ मनाएको छ । बडीमािलका नगरपालिका कृषि विकास शाखाको आयोजनामा सदरमुकाम मार्तडीमा शनिबार (आज) एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका कृषि, भुमि तथा सहकारी मन्त्री बीरबहादुर थापाको प्रमुख आतिथ्यतामा दिवस भव्यताका साथ मनाईएको हो । ‘कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि’ भन्ने मुल […]
बाजुरा १ मंसिर। बाजुराको सदरमुकाम मार्तडीमा निर्माण गरिएको कृषि बजार तथा कोल्ड च्याम्बर बडीमालिका नगरपालिकालाई हस्तान्त्रण गरिएको छ । कृषि निर्देशनालय डोटी र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त च्याम्बर शनिबार सुदूरपश्चिम प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्री बीरबहादुर थापाले बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् । कृषि बजार तथा कोल्ड […]
नागरिक रैबार/बाजुरा २६ कार्तिक।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर– ६ स्थित जडागांमा करेन्ट लागेर घाइते भएका २ जनाको उद्धार कार्यमा प्रयोग गरिएको हेलिकप्टरको सम्पूर्ण खर्च बडीमालिका नगरपालिकाले बेहोर्ने भएको छ । गत भदौ ५ गते सोही नगरपालिकाको वडा नम्बर –६ स्थित जडागांमा कोर्दाली गाड लघुजलविद्युतको लाईन विस्तार गर्ने क्रममा घाईते भएका सोही वडाका २८ वर्षिया रुप […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक। बाजुराको बडीमालिका नगरपालिकाले प्रथम बडीमालिका कोदो दिवस २०८१ मनाउने भएको छ ।बडीमािलका नगरपालिका कृषि विकास शाखाको आयोजनामा आगामी मंसिर १ गतेका दिन प्रथम बडीमालिका कोदो दिवस २०८१ मनाउन लागेको हो । ‘कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि’ भन्ने मुल नाराका साथ पहिलो पटक मार्तडीमा प्रथम बडीमालिका कोदो दिवस २०८१ को आयोजना हुने […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक।बाजुराको सदरमुकाम मार्तडीमा सचेतना मुलक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बडीमािलका नगर स्तरीय युवा संजाल र नगर स्तरीय बाल संजालको संयुक्त आयोजना तथा बडीमालिका नगरपालिका र सामुदायिक विकास केन्द्र डोटी, गिफ्ट नेपालको समन्वय÷सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । शुभदिपावली २०८१ को अवसरमा बालमैत्री स्थानीय शासन आजको आवश्यकता, लैगिंक हिँसा बालश्रम […]
नागरिक रैबार/बाजुुरा ८ कार्तिक।खप्तड क्षेडेदह गोल्डकपको फाइनलमा बडीमालिका नगरपालिका ९ फाइनलमा भिड्ने भएको छ । खप्तड क्षेडेदह स्पोर्ट क्लवको आयोजनामा कार्तिक ३ गतेबाट संचालन भएको प्रतियोगिताको फाईनलमा आयोजक क्षेडेदह स्पोर्टस् क्लवलाई हराउँदै बडीमालिका ९ फाइनलमा प्रवेश गरेको होे । क्षेडेदह स्पोर्ट क्लवको आयोजनमा विगत ५ वर्ष देखि आयोजना हुदै आएको प्रतियोगितामा निरन्तर सहभागि हुँदे आएको […]
राजेन्द्र विक बाजुरा,५कार्तिक।बाजुरामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका ६० बर्षिय डम्म साउँद रहेका छन् । असोज २५ गते घर बाट करिब आधा घण्टाको दुरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैंसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाइते भएका साउँदको भारतको […]
नागरिक रैबार/बाजुरा १ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ मा वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को आयोजना हुने भएको छ । वडा नम्वर ८ को आयोजना र बडीमालिका युवा परिषदको समन्वयमा कार्तिक ४ गतेबाट संचालन हुने गरी वडा अध्यक्ष कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता २०८१ को आयोजना हुने भएको हो । […]
नागरिक रैबार/बाजुरा १ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्लाका ६९ वटै वडामा देउसी भैलो कार्यक्रमको आयोजना गर्न मातहतका पालिका र वडा कमिटीलाई निर्देशन दिएको छ । एमाले बाजुरा जिल्ला कमिटी बाजुराले कार्तिक १ गते पार्टीका ९ वटै पालिका कमिटी र ६९ वटै वडा कमिटीलाई कार्तिक १० गतेदेखि शुभकामना आदानप्रदानसंगै देउसी भैलो कार्यक्रमको आयोजना गर्न निर्देशन […]
राजेन्द्र विक/बाजुरा १ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित विहिबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको हो । प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि […]
नागरिक रैबार/बाजुरा ३० असोज। अमेरिकी नागरिक जिम्मेरी करिव ४७ वर्षपछि बडीमालिका नगरपालिका–२ स्थित जुगाडाको भौनेरामा पुगेका छन् । पर्यटन उद्यमी तथा ईन्जिीनियर समेत रहेका जिम्मेरी ओरेलली आफ्ना दुई छोरा सहित मंगलबार भौनेरामा पुगेका हुन् । २०३४ सालमा भौनेरामा पुल निर्माणका क्रममा करिव एक वर्ष बसेका जिम्मेरी करिव ४७ वर्षपछि सोही ठाउँको अवस्था बुझ्न अमेरीकाबाट छोरा […]
नागरिक रैबार/बाजुरा २७ असोज।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ५ मा अरिङ्गालको टोकाईबाट एकजनाको मृत्यु भएको छ । भने अर्का एकजना घाईते भएका छन् । शुक्रबार विहान सोही वडाको पानलोटे भन्ने ठाउँमा अरिङ्गालले टोक्दा वर्ष ६५ का अंगे बडुवालको मृत्यु भएको बडीमालिका–५ का वडा अध्यक्ष धरमपाल मिजारले जानकारी दिए । वडा अध्यक्ष मिजारका अनुसार अरिङ्गालको टोकाईबाट […]
नागरिक रैबार/बाजुरा २५ असोज। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा यस वर्ष ६४ बोकाको बलि दिइएको छ । मालिका मन्दिरमा महाष्टमीको अवसर पारेर विहान ८ बजेदेखि करिब दिउसो १ बजेसम्म ६४ वटा बोकाको बलि दिइएको मालिका मन्दिर व्यवस्थापन समितिका सचिव लालबहादुर विकले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष ४० वटा बोका र १ राँगा बलि […]
नागरिक रैबार/बाजुरा १७ असोज। बाजुरामा मंगलबार दिउसो देखि अवरुद्ध बनेको नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सूचारु भएको छ । ३ दिनदेखि अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा विहिबार साँझदेखि सुचारु भएको हो । मंगलबार दिउसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरोध भएको थियो । बल्दे नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तर्गत […]
नागरिक रैबार/बाजुरा १६ असोज । बाजुराको सदरमुकाम मार्तडीबासीले राँगालाई एक आपसमा जुधाएर दशैँको सुरुवात गरेका छन् । दसैंको अवसर पारि आज बडीमालिका नगरपालिका वडा नम्वर ८ को बाउली बगरमा राँगा जुधाएर दशैँको सुरुवात गरेका हुन् । मार्तडीबासीले प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिनदेखिनै विशेष रुपले राँगाहरुलाई एक आपसमा जुधाएर बडा दशैंको स्वागत गर्ने प्रचलन रहेको छ […]
नागरिक रैबार/ बाजुरा १६ असोज । बाजुरामा दशैं तिहारको मुख्खैमा कालोबजारी बढ्न थालेपछी बजार अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको छ । दशैं तिहारको विचमा जिल्लाका विभिन्न हाट बजारहरुमा अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको हो । बुधबार जिल्लाको बडीमालिका नगरपालिकाको मार्तडी लगायतका बजारहरु अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालय बाजुराका सूचना […]