होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले अन्ततः प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न तीन जना वरिष्ठ वकिल राखेका छन् । सभामुख सापकोटाले केही दिनअघि वरिष्ट अधिवक्ताहरु लवकुमार मैनाली, श्यामप्रसाद खरेल र श्रीकृष्ण सुवेदीलाई राखेका हुन् । सभामुखले लिखित जवाफ पेस गर्दा कानुन व्यवसायी राख्ने उल्लेख गरे पनि निजी वकिल राख्ने वा नराख्ने विषयमा […]
काठमाडौं : नेकपाका युवा नेता विष्णु रिजालले केपी शर्मा ओली जहाजको नभइ बयलगाडाको पाइलट रहेको भन्दै व्यङ्ग्य गरेका छन्। प्रेस संगठनको कार्यक्रममा बोल्दै नेता रिजालले परिस्थितिले उच्चस्तरको संघर्षको माग गरेको पनि बताए। ‘ओलीले टेम्पुको होइन, जेटको पाइलट हो भनेका थिए एकताका बेलामा,’ उनले भने, ‘तर एउटा पाइलट त बयलगाडाको पो परेछन्।’ लोकतान्त्रिक आन्दोलनमा ओलीको भूमिका नभएको […]
काठमाडौँ, ६ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे । प्रधानमन्त्री […]
केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ््याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको […]
कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०० जनालाई कोरोना निको भएको छ । पछिल्लो २४ घण्टामा २६६ जनासहित हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ । थप पाँचको मृत्युसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या […]
सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए । एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यसैगरी, हाल देशका विभिन्न स्थानहरु प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । आगामी तीन दिनको […]
काठमाडौँ । आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ । विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप चार वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिए । चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा नयाँ […]
काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो । आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन […]
धनगढीः जनता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कैलालीको टीकापुर आउने भएका छन्। जनता समाजवादी पार्टीले माघ ७ गते टीकापुुरमा आयोजना गर्न लागेको विरोध सभालाई सम्बोधन गर्न भट्राई आउन लागेका हुन्। जसपाका केन्द्रीय सदस्य कृष्णकुमार चौधरीले प्रतिनिधि सभा विघटनको विरोध र पुस २ गते टीकापुर घटना मुद्धामा उच्च अदालत दिपायलले गरेको […]
शनिबारदेखि भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु हुँदैछ । भारतले कोरोना खोप कार्यक्रमका लागि आवश्यक तयारी भइसकेको बताएको छ । चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा कसरी सुरु हुँदैछ त कोरोना खोप कार्यक्रम ? पहिला कसले पाउँछन् ? भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका […]
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ। यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी […]
३ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-३१ बेल्वाका गणेश माझीको घरमा बालबालिकाहरु भुजाको लड्डु खाँदै थिए । कठ्यांग्रिने शीतलहरमा उनीहरुको शरीर पूरै ढाक्ने कपडा छैन । गणेशका दुई छोरा र एउटी छोरी छिन् । ज्वाइँ र नातिनातिनीहरु यतै रहेकोले परिवार १० जनाको छ । १० जनाको परिवार सानो फुसको घरमा बस्न बाध्य छ । बालबालिकाका लागि […]
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी लिनेदिने र रणनीतिबारे छलफल–बहस गर्नुपर्ने नेताहरु विगतका कोठे बैठकमा कसले के बोल्यो, को कस्तो थियो, कसले कुन पद माग्यो भन्नमै व्यस्त देखिएका छन् । काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार १४ गते भारतले आफूलाई सरकारबाट हटाउन खोजेको र त्यसमा नेकपाका नेताहरूले नै साथ दिएको आरोप लगाए । त्यही घटनापछि […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति कार्यालयबाट जारी भएको सूचनाकै विषयमा विवाद भएको छ । सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ भइरहेका बेला निवेदकहरूका कानुन व्यवसायीले सरकारले गरेको निर्णयमा व्यहोरा थप गरी राष्ट्रपति कार्यालयबाट सूचना जारी भएको भनी आपत्ति जनाएका हुन् । ‘२०७७ पुस ५ गते नेपाल सरकारको निर्णय अनि प्रधानमन्त्रीले राष्ट्रपति […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना रहेको छ ।महाशाखाले आज नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । महाशाखाले हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको र बाँकी प्रदेशका पहाडी […]
काठमाडाैं, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा चलिरहेको सुनुवाईले आजपनि निरन्तरता पाउने भएको हो । उक्त विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने […]
कैलाली । नेपाल कम्युनिस्ट पार्टी राजनीतिक रुपमा विभाजन भएसँगै नेकपाको ओली पक्षले आफ्नो सबैभन्दा कमजोर अवस्था रहेको सुदूरपश्चिम प्रदेशमा धमाधम पद बाँडेर अस्तित्व रक्षा गर्ने रणनीति अख्तियार गर्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा नेकपाको प्रचण्ड–माधव पक्षको राजनीतिक अवस्था ओली पक्षको तुलनामा निकै बलियो देखिएको छ । त्यसैले पनि ओली पक्षले केन्द्रीय सदस्य पद बाँडेर भए […]
पोखरा– नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच औपचारिकरुपमा विभाजित नभए पनि गण्डकी प्रदेशमा दुबै समूह अलग अलग संगठन विस्तारमा लागिसकेका छन् । पार्टी संस्थापनको पक्षको लडाईँमा रहेका नेकपाको दुबै समूहले जिल्ला जिल्लामा भेला प्रशिक्षणहरू गरिरहेका छन् ।दुवैसमूहले पार्टीको आन्तरिक भेला प्रशिक्षण राखे पनि खुला कार्यक्रम गरेका छन् र बहुमत कार्यकर्ता देखाउने प्रयासमा छन् । प्रदेशका हरेक जिल्लामा […]