होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • प्रेम नेपाली ‘उत्कृष्ट युवा पुरस्कार’बाट सम्मानित
Breaking News

प्रेम नेपाली ‘उत्कृष्ट युवा पुरस्कार’बाट सम्मानित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रेम नेपाली ‘उत्कृष्ट युवा पुरस्कार’बाट सम्मानित

लागु औषध विरुद्धको प्रदेश स्तरीय अभियान–२०८२ को अवसरमा बाजुरा जिल्लाका प्रेम नेपाली ‘उत्कृष्ट युवा पुरस्कार’बाट सम्मानित भएका छन्।

लागु औषध दुरुपयोग नियन्त्रण, युवामाझ सचेतना फैलाउने तथा सामाजिक अभियानमा सक्रिय भूमिका खेलेकाे भन्दै नेपालीलाई रु. ५ हजार नगदसहित सम्मान–पत्र प्रदान गरिएको हो।

विज्ञापन

नेपाली आफ्नो कार्यक्षेत्रमा आदर्श युवा सावित भई जिल्लामा प्रेरणादायी भूमिका निर्वाह गर्दै आएका छन्। उक्त अवसरमा नगदसहित सम्मान–पत्र प्रदान गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको युवा परिषदद्वारा एक कार्यक्रमकाविच नेपालीलाई पुरस्कृत तथा सम्मान गरिएको हो। समाज परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रेम नेपालीको सक्रियता अनुकरणीय रहेको कार्यक्रममा आयाेजकले बताएकाे छ।

सम्मान पत्र ग्रहण गर्दै प्रेम नेपालीले यो पुरस्कारले आफूलाई अझ जिम्मेवार र सक्रिय भएर समाजसेवामा लाग्न प्रेरणा मिलेको बताए। साथै उनले लागु औषध विरुद्धको अभियानलाई निरन्तरता दिँदै युवालाई सकारात्मक दिशातर्फ अगाडि बढाउन प्रतिबद्ध रहने बताएका छन्।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, युवा परिषद, श्री मालिका माध्यमिक विद्यालयका प्राचार्य शुभराज पाध्याय तथा सवैलाई नेपालीले धन्यवाद व्यक्त गरेका छन्।

बडीमालिका नगरपालिका ९ स्थायी घर भएका नेपाली समाज परिवर्तनका लागि विभिन्न याेगदान गर्दै आएका छन् भने उनि काेल्टी अस्पतालमा सूचना अधिकारीकाे रुपमा कार्यरत रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार