



अछाम:राजनीतिक आडमा जिल्ला समन्वय समिति अछामको कार्यालय भित्रकै भवन अनाधिकृत व्यक्तिको कब्जामा रहेको छ। कार्यलय भित्र रहेको शौचालय सहितको भवनमा मंगलसेन नगरपालिका ५ का राजाराम भाटले ५ बर्ष देखि कब्जामा लिएका छन।


सँगै रहेका अन्य भवनका कोठाहरुको अन्यले भाडा तिरिरहदाँ भाटले भने फ्रिा कोठा र ट्वाईलेट कब्जा लिएका छन् ।त्यति मात्रै होइन भाटले बिजुली समेत जिल्ला समन्वय समिति अछामबाट प्रयोग गरिरहेका छन।
भाटलाई कोठा खालि गराउन पटक पटक कार्यालय पत्र लेख्दा पनि उनले अटेर गरिरहेका जिल्ला समन्वय समिति अछाम स्रोतले बताएको छ।
हालसम्म भाटलाई ५ पटक सम्म पत्रलेख्दा र कोठा खालिगराउन सहजिकरण गरिदिन जिल्ला प्रहरी कार्यालय अछामलाई समेत कार्यालयले पटकपटक पत्र लेख्दा समेत प्रहरीले समेत राजनीति दवावका कारण कोठा खालि गराउन सकेको छैन ।
भाटको राजनीति पहुच
नेपाली कांग्रेस अछाम पार्टी सभापति एवम् बिधठित प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहको घरमा भाडामा होटल चलाउदै आएका भाट नेपाली कांग्रेसका बफादार कार्यकर्ता हुन।
कांग्रेस भएकै कारण पुष्प शाहकि सम्धी कि बुहारी समेत रहेकी जिल्ला समन्वय समिति उप प्रमुख दानमति बम शाहले नै उनलाई खालि नगर्नु भनेर भन्ने गरेकि छन् । आफ्नो घर भाडामा लगाएका शाहले राजनीतिक पहुँचमा भने सरकारी भवन कब्जा लगाउन लगाएका छन् ।
तत्कालीन जिल्ला बिकास समिति अछामको पुरानो भवन सभा हल निर्माणका लागि भत्काउदा जिल्ला बिकास समितिका कागजात राख्न ठाउँ अभाव भएकोले जिल्ला समन्वय समिति अछाम परिसरमा रहेको भाट बसेको कोठा गराई सामान राख्न खोज्दा भाटले राजनीतिक पहुँचमा नछाडेपछि हाल कागजपत्र बाईक तथा गाडि पार्किङका लागि बनाईएको खुला ठाउँमा राखिएका छन् ।
निवर्तमान जिल्ला समन्वय समिति अछाम प्रमुख नर बहादुर कुँवरले भाटले होटल मर्मत गर्दा सम्मका लागि केही दिन बस्न आग्रह गरेपछि बस्न भनेको तर सधैका लागि बस्न भनेर कुनै निर्णय नगरिएको बताए । यसरी सरकारी सम्पतिमा एक जना व्यक्तिले रजाइँ गरिरहँदा पनि प्रहरीले खालि गराउन सहयोग नगरेको देखिएको छ ।



फेसबुक प्रतिक्रियाहरु