होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भण्डारीलाई आफूले राष्ट्रपति नबन्न सुझाव दिएको शंकर पोखरेलको दाबी
Breaking News

भण्डारीलाई आफूले राष्ट्रपति नबन्न सुझाव दिएको शंकर पोखरेलको दाबी

  • नागरिक रैबार
भण्डारीलाई आफूले राष्ट्रपति नबन्न सुझाव दिएको शंकर पोखरेलको दाबी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उतिबेला नै क्रियाशीलता छाडेर राष्ट्रपति नबन्न सुझाव दिएको बताएका छन् ।

जिफन्टको १२ औँ प्रतिनिधि परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले विद्या भण्डारीको निवासमै गएर आफूले तपाईँले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको बताएका हुन् ।

उनले भने, ‘विद्या भण्डारीको निवासमै गएर आफूले तपाईँले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको हो । विरोधका बाबजुद पार्टीले निर्णय गर्‍यो र दुई कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गर्नुभएपछि अब वहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर उहाँमा त्यो धैर्यता देखिएन ।’

उनले दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने पनि बताए ।

उनले पार्टी नेतृत्वमा दुई कार्यकालको विषय पार्टीको प्रतिष्ठालाई कमजोर बनाउने गरी अनावश्यक, भ्रमपूर्ण र तथ्यहीन भएको बताए ।

त्यस्तै ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूल्यमान्यताका विशेषता विपरीत नभएको उनले बताए । ‘ुकस्तो पार्टी हुने भन्ने मदन भण्डारीको विचारलाई स्मरण गर्दै नेतृत्व रहस्यमय र अलौकिक पात्र जस्तो हुनुहुँदैन जनताबाट अनुमोदित हुनुपर्छ,’ उनले भने ।

यस्तै पोखरेलले महाधिवेशनमा उम्मेदवार बन्ने सबैको अधिकार भएको उल्लेख गर्दै पार्टीले प्रतिस्पर्धाको नीतिलाई हामी अवलम्बन गरेको बताए ।

उनले भने, ‘पहलकदमी, प्रतिस्पर्धाको नीतिलाई हामी अवलम्बन गरेका छौँ, पार्टीको लोकतान्त्रीकरणको मूल थ्रस्टबाट पार्टी तलमाथि भएको छैन । महाधिवेशनमा उम्मेदवार बन्ने सबैको अधिकार सुरक्षित छ तर जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरूमा हुन्छ ।’ नेपालप्रेस बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार