नागरिक रैबार/बाजुरा १७ चैत्र । बाजुराको सदरमुकाम मार्तडीमा आजबाट सूरु भएको प्रथम बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवको दोस्रो दिन भोलि चर्चित गायक कमल विसि माल्दाइको प्रस्तुति रहने भएको छ । उनि भोलिको प्रस्तुति दिनका लागि मार्तडी पुगिसकेका छन् ।
महोत्सवको दोस्रो दिन भोलि कमल विसि अतिथि कलाकारका रुपमा रहने र उनिसंगै बाजुराकै माटोमा जन्मेका गणेश चाैतारी, हाँस्यव्यंग्य कलाकार विकास बाजे र डान्सर शर्मिला अयडीको प्रस्तुति रहने महोत्सवमा साँस्कृतिक संयोजक राजेश पायल विकले जानकारी दिएका छन् ।
१० दिनसम्म चल्ने महोत्सवमा महानायक राजेश हमाल सहित राष्ट्रिय स्तरका कलाकारहरु संगै बाजराका गाैरवशाली कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ । महोत्सवमा स्थानीय कला संस्कृति झल्किने विभिन्न पर्वहरु समेत प्रर्दशन गरिने भएका छन् । महोत्सवको पहिलो दिन आज भने लोक देउडा गायिका विपना सिंह गायक नरेन्द्रराज रेग्मी र लक्षमण अधिकारीले प्रस्तुति दिएका थिए ।
फेसबुक प्रतिक्रियाहरु