होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • काठमाडौं तीनकुने क्षेत्रको कर्फ्यू १४ घण्टापछि स्थगित
देश/प्रदेश

काठमाडौं तीनकुने क्षेत्रको कर्फ्यू १४ घण्टापछि स्थगित

  • नागरिक रैबार
काठमाडौं तीनकुने क्षेत्रको कर्फ्यू १४ घण्टापछि स्थगित

काठमाडौं – काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा शुक्रबार दिउँसोदेखि जारी कर्फ्यू शनिबार बिहान ७ बजेबाट स्थगित भएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना सार्वजनिक गर्दै कर्फ्यू स्थगन भएको जानकारी गराएका हुन् ।

पहिलो सूचनामा शुक्रबार दिउँसो ४:२५ देखि राति १० बजेसम्म मात्र कर्फ्यू आदेश जारी गरेको थियो। त्यसपछि शनिबार बिहानसम्म थप भएको कर्फ्यू स्थिति सामान्य बन्दै गएपछि स्थगित भएको हो ।

तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ। तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए।

यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ। विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिएका छन्।

आन्दोलन अराजक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो ४ बजेपछि कर्फ्यू आदेश जारी गरेको हो। राति १० बजेसम्म पनि स्थिति सामान्य नबनेपछि कर्फ्यू शनिबार बिहान ७ बजेसम्मलाई थपिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार