होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिम सरकारको ६ महिनाको आन्तरिक आम्दानी ६३ करोड ७२ लाख
Breaking News

सुदूरपश्चिम सरकारको ६ महिनाको आन्तरिक आम्दानी ६३ करोड ७२ लाख

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिम सरकारको ६ महिनाको आन्तरिक आम्दानी ६३ करोड ७२ लाख

धनगढी : सुदूरपश्चिम सरकारको सवारी साधानको करबाट ८५ करोड २६ लाख ४५ हजार असुल गर्ने लक्ष्य छ।चालु आर्थिक वर्षको ६ महिनामा ३६ करोड १८ लाख ८२ हजार सवारी करबाट आम्दानी भएको छ। चालु आर्थिक वर्षको ६ महिनामा ४२ दशमलव ४४ प्रतिशत कर असुली भएको हो। प्रदेश सरकारले सबै भन्दा बढी सवारी साधन करबाट नै आन्तरिक आम्दानी गरेको छ।

सुदूरपश्चिम प्रदेशमा घर–जग्गा रजिस्ट्रेसन शुल्कबाट ५० करोड १३ लाख ७० हजार असुल गर्ने लक्ष्य रहेको छ। चालु आर्थिक वर्षको ६ महिनामा १६ करोड चार लाख १८ हजार रुपैयाँ असुल भएको छ। प्रदेश सरकारले ६ महिनामा ३५ दशमलव ९९ प्रतिशत घर–जग्गाको रजिस्ट्रेसन शुल्क असुल गरेको हो। प्रदेश सरकारले कृषि आयकरमा शून्य, मनोरञ्जन कर २७ हजार, विज्ञापन कर ९७ हजार, प्राकृतिक स्रोत कर ५६ लाख सात हजार, सेवा शुल्क दस्तुर पाँच करोड २९ लाख ३९ हजार असुल गरेको छ। यस्तै, अन्य सेवाबाट तीन करोड २४ लाख ५२ हजार र अन्य प्रशासनिक शुल्कबाट ३८ लाख २३ हजार असुल भएको छ।

सुदूरपश्चिम सरकारको ६ महिनाको आम्दानी ६३ करोड ७२ लाख रहेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ६३ करोड ७२ लाख ४५ हजार आम्दानी गरेको हो। प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा ५६ करोड ६७ लाख आम्दानी गर्ने लक्ष्य रहेको थियो।

विज्ञापन

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३९ दशमलव ६९ प्रतिशत असुली गरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०ं८२ मा एक अर्ब ६० करोड ७० लाख आन्तरिक आम्दानीको लक्ष्य लिएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै