होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको जगन्नाथमा मालवाहक ट्रक दुर्घटना
Breaking News

बाजुराको जगन्नाथमा मालवाहक ट्रक दुर्घटना

  • नागरिक रैबार
बाजुराको जगन्नाथमा मालवाहक ट्रक दुर्घटना

नागरिक रैबार/बाजुरा १३ माघ । बाजुराको जगन्नाथ गाउँपालिकामा ट्रक दुर्घटना भएको छ । कर्णाली करिडोर अन्तरगत जगन्नाथको  २ नुनेपानी भन्ने ठाउँमा ट्रक दुर्घटना भएको हो । आइतवार बिहान नेपालगञ्जबाट ईटा, सरीया, सिमेन्ट लगायतका सामान बोकेर हुम्ला जादैँ गरेको ट्रक दुर्घटनामा परेको हो ।

विपरीत दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा भे १ ख २४४५ नम्मरको ट्रक एक्कासी ब्रेकफेल भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार ट्रक चालक र सह–चालकलाई सकुसल उद्धार गरिएको छ । सडकमै ट्रक पल्टिएपछि अहिले सो सडकखण्ड अवरोध भएको छ । अहिले प्रहरी चौकी जुड्डीबाट प्रहरीको टोली खटिएको र अवरोध सडक खुलाउन पहल भइरहेको जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार