नागरिक रैबार/बाजुरा १३ माघ। नेपाल निजामती कर्मचारी संगठन बाजुराको अध्यक्षमा अमरबहादुर रोकाया चयन भएका छन् ।
संगठनको दशौं जिल्ला अधिवेनशबाट रोकायाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा गोकर्ण देवकोटा, प्रमिला थापा र सचिवमा रामप्रसाद पाण्डे सह सचिवमा रमेश विक कोषाध्यक्षमा भरतराज जैशी निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।
जिल्ला कार्य समितिसंगै प्रदेश र केन्द्रीय पार्षद पनि चयन गरिएको छ ।शनिबारबाट सुरु भएको दशौं अधिवेशनको समुद्घाटन नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु