नागरिक रैबार/बाजुरा ११ बैशाख। बाजुराकाे सदरमुकाम मार्तडीकाे तल्लाे क्षेत्र छ । जाे विगत ३५ वर्ष यता गैरीबजारका नामले चिनिनदै आएकाे छ । मार्तडीकाे माथिल्लो बजारकाे गाैँडाडिलबाट तल झर्ने बित्तिक देखिने गैरीबजार हाे ।
हाे यहि बजारलाई गैरीबजारका नाममा चिनाउन करिव ३५ वर्ष देखि गैर्याल साहजी भनेर चिनिएका कालु राेकायाले याे संसार सदाका लागि छाडेका छन् ।राेकाया गाैमुल गाउँपालिका-३ स्थायी घरभई करिव ३ दशकदेखि मार्तडीकाे गैरी बजारमा आफ्नै घरजग्गा बनाई खुद्रा पसल संचालन गरिरहेका थिए ।
उनै राेकायाकाे बुधबार दिउसाे अकस्मात निधन भएपछि अब दैनिक जसाे उपभाेग्य सामाग्री किनमेल गर्न आउने ग्राहकहरूले अव पसलमा गैर्याल साहुजी देख्न पाउने छैनन् ।
३ तीन दशकबढी समय मार्तडीकाे गैरी बजारमा खुद्रा पसल संचालन गरेर जहान परिवारसंगै बसिरहेका राेकाया पसलमा सामान किन्न आउने ग्राहकहरू सबै संग व्यापार व्यवसायमा राम्राे बाेलि व्यवहार गर्थे । राेकायाकाे त्यहि व्यापार व्यवसाय गर्ने शैलि, ब्यवहारकै कारण उनकाे पसलमा दैनिक राम्रै व्यापार हुने गर्थ्याे।
तिनै राेकायाकाे जिल्ला अस्पताल बाजुरामा अकस्मात निधन भएपछि गाैमुल गाउँपालिका- ३ बहेरीबासी संगै मार्तडीका व्यापारी र उनका ग्राहकहरू समेत मर्माहत बनेका छन् । रोकायाको बाहुली खोलामा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु