होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जगन्नाथमा पानी छोएको निहुँमा दलित बालवालिकामाथि कुटपिट
देश/प्रदेश

जगन्नाथमा पानी छोएको निहुँमा दलित बालवालिकामाथि कुटपिट

  • नागरिक रैबार
जगन्नाथमा पानी छोएको निहुँमा दलित बालवालिकामाथि कुटपिट

नागरिक रैबार/बाजुरा ९ जेठ । बाजुराको जगन्नाथ गाउँपालिकामा होटलमा राखेको पानी छोएको भन्दै दलित बालवालिकामाथि जातिय विभेदसहित कुटपिट भएको खुलेको छ ।

विहिबार अपरान्ह ५ बजे सोही गाउँपालिकाको ३ मा रहेको बेर्मा बजार नजिकै स्थानीय बाँचा भण्डारीको होटेलमा पानी छोएको निहुँमा दलित समुदायका ३ बालबालिकालाई जातीय विभेद गर्दै कुटपिट गरिेको खुलेको हो ।

बेर्मा बजारमा रहेको होटलकी संचालक बाँचा भण्डारी पानी छोएको भन्दै सोही गाउँपालिकाका ३ का प्रेम विक र ३ नम्वर वडाका अर्जुन विक र पवन विकलाई जातीय विभेदसहित कुटपिट गरेको आफन्त धनरुप कामीले बताएका छन् ।

विज्ञापन

होटलमा पानी छोएकै निहुँमा सामाजिक रुपमा खलल पुर्याउने जातीय विभेदका शब्द प्रयोग गर्दै गालीगलौजसहित कुटपिट गरेको पीडित प्रेम विकले बताएका छन् ।

होटलकी साउनी बाँचा भण्डारीले जातीय विभेद सहित कुटपिटको घटनालाई लुकाउन उल्टो दलित बालवालिकामाथि आफ्नो छोरीलाई जिस्काएको आरोप लगाएको पीडित बालवालिकाले बताएका छन् ।

उता ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश रावलले बालबालिकाहरुले पानी पिएको र साउनीको छोरीलाई जिस्काएको भन्ने आएको तर यथार्थ कुराका लागि दुबै पक्षलाई छलफलका लागि जुड्डी प्रहरी चौकीमा बोलाएको बताएका छन् ।घटना स्थलमा रहेका अन्य प्रत्यक्षदर्शी र दुबै पक्षसंग छलफल गरेर यथार्थ कुरा बुझ्ने बताएका छन् ।

कथित माथिल्लो जातका भनिनेहरुले यो शदाब्दीसम्म पनि विभेद गर्ने मानसिकता अझै त्याग्न सकिरहेका छैनन् । कथित माथिल्लो जातकीजातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ तथा जातीय भेदभाव तथ छुवाछूत (कसुर र सजाय) नियमावली २०७४ ले प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति जातजाति वंश समुदाय, पेसा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव गर्न नहुने भनेको छ ।

सदियौंदेखि जातीय छुवाछूतको चरम सिकार भोग्दै आएको दलित समुदाय राज्यकै व्यवहारबाट सन्तुष्ट छैन । जातीय विभेदलाई संस्थागत टेवा दिने मनुस्मृतिलाई जस्ताको तस्तै समाज व्यवहारमा उतार्न खोज्ने जमात छँदै छ । जातीय विभेदमा परेका, पारिएका दलितलाई कानुनको ढोकासम्म पुग्न नदिनेहरू देखिएकै छ । सामाजिक प्रतिष्ठाको खोल ओढेर दलित जातिमाथि हुने विभेदलाई मलजल गर्नेहरूको भीड समाजमा बढीरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार