होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, फाल्गुन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • खप्तड छेडेदहमा संचालित स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिए
स्वास्थ्य-जीवनशैली

खप्तड छेडेदहमा संचालित स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिए

  • नागरिक रैबार
खप्तड छेडेदहमा संचालित स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिए

नागरिक रैबार/बाजुरा ११ फागुन।  बाजुराको खप्तड छेडेदह गाउँपालिकामा सञ्चालन भएको शिविरमा ५ सय बढीले सेवा लिएका छन् ।  नेपाल रेडक्रस सोसाइटी, सुरक्षित परियोजना नेपाल र खप्तड छेडेदह गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरमा ५ सय ९ जना बिरामीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो ।

कान, आँखा, हाडजोर्नी र नसा सम्बन्धी समस्या भएका तथा अपाङ्गता बिरामीहरुका लागि निःशुल्क चेकजाँच शिविर शुक्रवार र शनिवार गरी दुई दिन सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।

उक्त समस्या तथा अपाङ्गता भएका व्यक्तिहरुको लागि सञ्चालित शिविरमा २ सय ४१ पुरुष र २ सय ६८ महिलाहरुको विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको नेपाल रेडक्रस सुरक्षित नेपाल परियोजनाका सामाजिक परिचालक मोहन रावतले बताएका छन् ।

विज्ञापन

त्यस्तै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावतका अनुसार शिविरमा स्वास्थ्य चेकजाँच पछि उनीहरुलाई अपाङ्गता परिचयपत्र वितरण कार्य समेत भइरहेको छ । उक्त शिविर पालिकाको केन्द्र डोगडी स्वास्थ्य चौकीमा सञ्चालन भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार