होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, माघ १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा विद्युत प्राधिकरणको ३३ केभिए लाईन जडान, अव विद्युत नियमित हुने
समाचार

बाजुरामा विद्युत प्राधिकरणको ३३ केभिए लाईन जडान, अव विद्युत नियमित हुने

  • नागरिक रैबार
बाजुरामा विद्युत प्राधिकरणको ३३ केभिए लाईन जडान, अव विद्युत नियमित हुने

नागरिक रैबार/बाजुरा १० माघ । बाजुरामा नेपाल विद्युत प्राधिकरणको ३३ केभिए प्रसारण लाइन जडान गरिएको छ । २०७८ माघ महिनामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन संग जोडिएको बाजुरा विगत ३ वर्ष यता ११ केभिए क्षमताको विद्युत प्रसारण गरेर सेवा दिई रहेकाे थियो ।

अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्म ११ केभिए विद्युत प्रसारण लाईन ३ वर्षपछि मात्रै त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत प्रसारण लाइन जडान गरिएको हो ।

विगत ३ वर्षदेखि बाजुरा सदरमुकाम मार्तडीमा ११ केभिए प्रसारण लाइन अन्तरगत सेवा प्रवाह हुँदै आएको भएपनि त्यसले विद्युतको मागलाई धान्न नसकेका कारण ३३ केभिए प्रसारण लाइन जडान गरि संचालनमा ल्याएको नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका कार्यालय प्रमुख इन्जिनियर राजेश कुमार झाले बताएका छन् ।

विज्ञापन

अछामको साँफे बगरदेखि बाजुराको सदरमुकाम मार्तडी सम्म करिव ५७ किलोमिटर टाढाको दुरीबाट जडान भएको ११ केभिए विद्युत प्रसारण लाईनले बाजुरामा लोड धान्न नसक्दा स्थानीय उपभोक्ताहरू मारमा परेका थिए ।

अव ३३ केभिए लाईन सहितको सवस्टेशन बाजुरामै निर्माण भएपछि नियमित विद्युत सेवा उपभोग गर्न पाउनेमा उपभोक्ता आशावादी रहेका छन् ।

३३ केभिए प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पिन, डिस सट हुँदा पोलमा करेन्ट प्रवाह हुनसक्ने र छुँदा करेन्ट लागि दुर्घटना हुने सम्भावना भएकाले विद्युतका पोल स्टे लगायतका विद्युतीय संरचना नजिक नजान नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले उपभोक्तालाई आग्रह गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन बाजुराको बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र खप्तड क्षेडदह गाउँपालिकामा विद्युत सेवा विस्तार भएको भएपनि बाजुराका ९ मध्ये अन्य ६ वटा पालिकामा अझैँ विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान हुन सकेको छैन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै