होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, माघ १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमाले अछामका ६ नेताको जिम्मेवारी खोसियो
देश/प्रदेश

एमाले अछामका ६ नेताको जिम्मेवारी खोसियो

  • नागरिक रैबार
एमाले अछामका ६ नेताको जिम्मेवारी खोसियो

काठमाडौं । नेकपा एमाले अछामले बुधबार पार्टीभित्र अनुशासन उल्लंघन गरेको आरोपमा ६ जना सदस्यलाई पदीय जिम्मेवारीबाट हटाएको छ । पार्टीको विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै उनीहरूलाई जिम्मेवारीमुक्त गरिएको हो ।
जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाहसहित सागर सिंह बाब्ली, बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुवँरलाई हटाइएको जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीम रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पार्टीको विधानको धारा ८० अन्तर्गत विभिन्न उपधाराहरूको उल्लंघन भएको बताइएको छ ।

पार्टीले भिम रावलद्वारा सञ्चालित मातृभूमि जागरण अभियानमा सक्रियताका कारण उनीहरूलाई हटाएको जनाएको छ । पार्टीले आरोप लगाउँदै भनेको छ, ‘सदस्यहरूले पार्टीलाई कमजोर बनाउने गतिविधिमा संलग्न हुँदै सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत भ्रमपूर्ण जानकारी फैलाएका छन् ।’

जिम्मेवारीबाट हटाइएका प्रकाश शाहले यो निर्णयप्रति असन्तोष व्यक्त गरेका छन् । उनले प्रक्रिया र बैठकबिना विज्ञप्तिमार्फत जिम्मेवारी हटाएको थाहा पाउँदा अचम्म लागेको बताए । ‘यो एमालेभन्दा बामालेझैं देखिन थालेको छ । पार्टीभन्दा पनि केपी ओलीको व्यक्तिगत कम्पनीजस्तो चलाउन खोजिएको छ,’ उनले भने ।

विज्ञापन

मंगलबार साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा १,०८६ जना नेता तथा कार्यकर्ताले भिम रावलको अभियानलाई समर्थन गर्ने घोषणा गरेका थिए । उनीहरूले पार्टीको भित्री व्यवस्थापनमा देखिएको असन्तोष समाधान गर्न रावलले थालेको अभियानमा सामेल भएको बताए । एमालेको यो कदमले पार्टीभित्र सुधार र नेतृत्वप्रतिको असन्तोषले आगामी दिनमा थप विवाद निम्त्याउने देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै