नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरामा विवाहको भोजमा युवाहरुविच आपसमा झडप हुँदा एकजनाको मृत्यू भएको छ । विहिबार राति बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेको निम्तोमा गएका युवाहरुविच आपसमा दोहोरो झडप हुदाँ एक जनाको मृत्यु भएको छ ।
दोहोरो झडपमा परेर गम्भीर घाईते भएका बुढीगंगा नगरपालिका-८ डुंग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापाको उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराले जानकारी दिए ।
प्रारम्भिक सूचनाका आधारमा ३ जनालाई पक्राउ गरी घटनाबारे सोधपुछ तथा अनुसन्धान भईरहेको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका-७ का खेमराज विष्ट, लोकेन्द्र खड्का, दीर्घ विष्टलाई पक्राउ गरेर थप अनुसन्धान प्रहरीले अघि बढाएको छ ।
फेसबुक प्रतिक्रियाहरु