होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बर्षाका कारण ११ वटा सडक अवरुद्ध, यी सडकमा यात्रा गर्दा ध्यान दिनुहोस्
Breaking News

बर्षाका कारण ११ वटा सडक अवरुद्ध, यी सडकमा यात्रा गर्दा ध्यान दिनुहोस्

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बर्षाका कारण ११ वटा सडक अवरुद्ध, यी सडकमा यात्रा गर्दा ध्यान दिनुहोस्

काठमाडौँ । गए रातिदेखिको वर्षाका कारण पहिरो जाँदा देशका विभिन्न क्षेत्रमा ११ वटा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीपहिरोले कोसी राजमार्ग, मेची राजमार्ग, पाँचथरको तमोर करिडोर सडक, पाँचथरकै मध्यपहाडी राजमार्ग, रसुवाको पासाङ ल्यामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग, मुस्ताङको जोमसोम लोमाथांङ सडक पूर्णरुपमा अवरुद्ध छ।

त्यसैगरि नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग, रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक, बैतडीको महाकाली राजमार्ग बाढीपहिरोले पूर्णरुपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।

त्यसैगरि काठमाडौँ(नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक र मध्यपहाडी राजमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर सडक र रोल्पाको सहीद राजमार्गमा पनि एकतर्फी मात्रै गाडी चलिरहेका छन्।

यी हुन् अवरुद्ध भएका सडक:

519393843_1059387412990448_6918060014222729160_n-1752998686.jpg

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै