होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विद्या भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा
देश/प्रदेश

विद्या भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा

  • नागरिक रैबार
विद्या भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा

एमालेले विधानको धारा ८ र ९ देखाउँदै विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेको छ।एमालेको जारी पोलिटब्युरो बैठकमा पार्टी सदस्यता नवीकरणको सन्दर्भमा विधानको धारा ८ र ९ आकर्षित हुने देखिएको र त्यसलाई पार्टीले गहन रूपमा छलफल गरी निर्णय लिने प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताए।

‘विधानको धारामा गम्भीर रूपमा छलफल गर्दा यसले विधान धारा ८ आकर्षित गरिएको देखियो, धारा ८ मा पनि स्वेइच्छाले राजीनामा दिएर गइसकेको व्यक्ति। भनेको राष्ट्रपति पदका लागि पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पुन:नवीकरण गर्ने प्रक्रिया के छ भन्दा विधानको धारा ९ आकर्षित गरेको छ र यसमा अर्को कुनै ठोस निर्णय भएन भने नयाँ प्रक्रियाबाट पनि आउनु पर्ने ध्यानाकर्षण गरेको छ,’ उनले भने।

उनले बैठकमा यी धारालाई विभिन्न कोणबाट छलफल गरिएको र अहिल्यै नै निष्कर्षमा नपुगेको बताए।

स्वेइच्छाले राजीनामा गरेको सदस्यले पार्टीमा पुन: आउने कुरा या पार्टीले खटाएको काममा गएको व्यक्ति पुन: पार्टीमा आउने कुरा यस विषयमा गम्भीर रूपमा छलफल चलिरहेको उनले बताए। ‘पार्टीले उचित समयमा आवश्यक निर्णय लिन्छ,’ उनले भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार