नागरिक रैबार/बाजुरा ८ फागुन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ तल्लाबाडाका हरी थापा हराएको महिनाैदिनपछि फेला परेका छन् ।
गत पुस २८ गते भारतको हिमाञ्चल प्रदेशको मतयाना भन्ने ठाउँबाट हराएका थापा १ महिना ८ दिनपछि भारतको चण्डीगड अस्पतालमा उपचारको क्रममा फेला परेको उनका छोरा मीनबहादुर थापाले बताएका छन् ।
३ महिना अघि कामको खोजिका लागि भारत गएका अन्दाजि ५५ वर्षका थापा गत पुस महिनाको २८ गतेदेखि भारतबाट परिवारको सम्पर्कविहीन भएका थिए । बेपत्ता भएका बुवालाई महिनाैदिन सम्म खोजि गर्दा भारतको चण्डीगड अस्पतालमा उपचाररात अवस्थामा भेटाएको छोरा मीन थापाले बताएका हुन् ।
भारतको मतयाना भन्ने ठाउँबाट डेढमहिना अघिदेखि बेपत्ता भएका थापा केहिदिन अघि मात्रै नेपाल फर्किने गरी बैतडीका मान्छेसंग नेपाल खोजेका रहेछन् । तर उनलाई भारतबाट नेपाल आउने क्रममा मोटरसाईकलले ठक्कर दिएर खुट्टा भाँचिएपछि भारतीय प्रहरीको सहयोगमा चण्डीगड अस्पातलमा उपचारारत अवस्थामा फेला पारेको छोरा मिनले बताएका छन् ।
मोटरसाइकलले ठक्कर दिएपछि मरिहाल्यो भनेर बुवालाई नालीमा फालेका रैछन् छोरा मिनले भने, प्रहरीको सहायतामा चण्डीगड अस्पतालमा २ दिन अगाडि उपचारका लागि भर्ना भएको थाहा पाएपछि आफु बुवालाई भेट्न अस्पताल गएको उनको भनाई छ ।
बेपत्ता भएका थापाको खोजी गरिदिनका लागि उनको परिवारले नेपाल भारत लगायतका ठाउँमा प्रहरी र आफन्तसंग आग्रह गरेका थिए । थापा गत मङ्सिरमा कामको खोजीका लागि भारतमा गएका थिए ।
फेसबुक प्रतिक्रियाहरु