नागरिक रैबार/ बाजुरा ७ माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पर्यटकीय क्षेत्र पोरखेगढीमा बसेको छ । शनिबार पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा नयाँ कार्यसमितिको पहिलो बैठक पोरखेगढी विभिन निर्णय गर्दै सम्पन्न भएको हो ।
मंसिर २८ गते भएको पत्रकार महासंघ बाजुराको साताै जिल्ला अधिवेशनबाट पदम बहादुर सिंहको नेतृत्वमा निर्वाचित पत्रकार महासंघले शुक्रबार पदभार ग्रहण गरेको थियो ।
बाजुराको पर्यटकीय गन्तव्यका रुपमा रहेको पोरखेगढीको पहिचान, पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ महासंघले सम्पूर्ण पत्रकारहरुको सहभागीतामा पहिलो बैठक पोरखेगढीमा बसेर सम्पन्न भएको महासंघका सचिव प्रेम बहादुर रौलेले बताएका छन् ।
‘गन्तव्यको पहिचान र पर्यटन प्रवद्र्धनका लागि’ भन्ने नाराका साथ पर्यटकीय गन्तव्य पोरखेगढीमा सम्पन्न भएको पहिलो बैठकले ७ बुदेँ पोरखे घोषणा पत्र जारी, महासंघको निर्वाचनमा सहयोग गर्ने निर्वाचन समिति सहित सबेलाई धन्यवाद, जिल्लाबाट सुदूरपश्चिम प्रदेश समितिमा निर्वाचित सदस्यलाई हार्दिक बधाई तथा शुभकामना दिने निर्णय गरेको अध्यक्ष पदम बहादुर सिंहले बताएका छन् ।
त्यस्तै महासंघका बैठक जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलमा गर्ने कार्यको निरन्तरता, पत्रकार महासंघको स्थापना दिवसको अवसरमा जिल्ला शाखाले प्रदान गर्दै आएको बर्ष पत्रकारीता पुरस्कार विगतका बर्षमा रोकिएकोमा अवदेखि पुनः निरन्तरता दिने लगायतका निर्णय गरिएको अध्यक्ष सिंहले बताए ।
त्यस्तै बडीमालिका नगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्यायले आर्थिक समृद्धी ल्याउनका लागि पर्यटन पनि एक पाटो रहेको भन्दै यस क्षेत्रको प्रवद्र्धन गर्ने महत्वपूर्ण पत्रकारीता क्षेत्रबाट नै सम्भव रहेको बताएका छन् । त्यस्तै आफू पनि पत्रकारीता क्षेत्रबाट आएको भन्दै महासंघ तथा पत्रकारीताको क्षेत्रमा आफू र नगरपालिका सधैं सहयोगका लागि तत्पर रहेको उनले बताएका हुन् ।
महासंघका नवनिर्वाचित जिल्ला अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको पहिलो बैठकको प्रमुख अतिथि बडीमालिका नगरपालिका ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्याय रहेका थिए । त्यस्तै बैठक पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव धनराज साउँद, प्रदेश समिति सदस्य दिनेश केसी, अछाम जिल्ला अध्यक्ष रमेश रावत, सचिव भानु ढकाल लगायत महासंघका जिल्ला शाखाका सम्पूर्ण पदाधिकारी, जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष संगीता तिमिल्सेनाले स्वागत मन्तव्य राखेको बैठकको सञ्चालन सचिव प्रेम बहादुर रौलले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु