



सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको प्रदेशी जीवनसंग जोडिएको ‘पहेँली धानका बाला’ को सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको छ ।


२०६१ सालमा मुटु जल्याकै छ नामक एल्बममा समावेश उक्त देउडा गीतको दुई दशकपछि सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको हो । गायक थापाको स्वरमा पहेँली धानका बाला गीत तेस्रो एल्वमका रुपमा २०६१ सालमा बजारमा आएको थियो ।
पहेँली धानका बाला बोलको पहिलो गित दशैं र तिहार पर्वमा आमाबुवा दाजुभाई र दिदीबहिनीहरुबाट टाढा भई बस्नु पर्दाको पीडालाई गीत मार्फत प्रस्तुत गरिएकोे थियो ।
२ दशक पछि बुधबार सार्वजनिक भएको ‘पहेँली धानका बाला–२’ बोलको गीतमा पनि प्रदेशी नेपालीहरूको संघर्ष र पीडालाई उजागर गरिएको छ । यो गीत विशेष गरी प्रदेशमा बसोबास गरिरहेका नेपाली दाजुभाइ दिदीबहिनीको अनुभूति र जीवनका वास्तविकतासँग जोडिएको गायक प्रकाश थापाले बताएका छन् ।
नेपाली समाजका विविध पक्षलाई समेट्ने उद्देश्यका साथ तयार पारिएको ‘पहेँली धानका बाला–२’ यस गीतले गरिबी, बेरोजगारी, र विभिन्न आर्थिक संकटका बीच आफ्नो मातृभूमि, परिवार र आफन्तहरुकोे यादमा दिन बिताइरहेका व्यक्तिहरूको पीडा प्रस्तुत गरेको छ ।
सर्जक तथा साहित्यकार राजेन्द्र शाह विविद्धारा सिर्जित यस गीतका शब्दहरूमा आमा, बुवा, परिवार र साथीहरूको माया, चाडपर्वका यादहरूलाई भावनात्मक ढंगले व्यक्त गरिएको छ ।
गीतले विशेष गरी, दशैं र दीपावली जस्ता चाडबाडका बेला परिवारसँग छुट्टिनु पर्दा भोग्नु परेको पीडालाई समेटिएकाले गीतलाई दर्शक श्रोताहरुले अत्याधिक मन पराउने अपेक्षा निर्माण पक्षले लिएको छ ।
प्रकाश थापा र देवी घर्तिको स्वरमा बजारमा आएको उक्त गीतमा शव्द प्रकाश थापा, राजेन्द्र शाह विपी, र अमर विकले लेखेका हुन् । विनोद बाजुरालीको एरेन्जमा तयार गरिएको उक्त गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो । भने गीतलाई सागर बाजुराली, राजेन्द्र बाजुराली र डम्वर विश्वकर्माले रेकर्ड गरेका हुन् गीतको मिक्सि खडक बाजुरालीले गरेका हुन् ।
गीतमा प्रकाश थापा र देवीघर्तिसंगै राजेन्द्र बाजुराली, गोविन्द पराजुली, संगिता बडुवाल र कल्पना मल्लले कोरस गायन गरेका छन् ।गौरव गिरीको निर्देशनमा तयार भएको गीतलाई दिनेश पराजुलीले छायाकंन गरेका हुन् गीतको भिडियो इडिट कल्पेश विश्वकर्माले गरेका छन् ।
गीतको भिडियोको मुख्य भुमिकामा राजकुमार सिंह, समिया कार्की रहेका छन् । त्यस्तै आरति बुढा, रमबहादुर शाही, मानबहादुर रावल, लक्ष्मी देवकोटा र रमेश केसीलाई पनि देख्न सकिन्छ । गीत गायक प्रकाश थापाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको देख्न सकिन्छ ।



फेसबुक प्रतिक्रियाहरु