होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमालीका महिलालाई आत्मनिर्भर बनाउन हातेहोजियारी तालिम
बाजुरा बिशेष

हिमालीका महिलालाई आत्मनिर्भर बनाउन हातेहोजियारी तालिम

  • नागरिक रैबार
हिमालीका महिलालाई आत्मनिर्भर बनाउन हातेहोजियारी तालिम

नागरिक रैबार/बाजुरा ३ असार।हिमाली गाउँपालिकाका विपन्न र लक्षित महिलाहरुका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको छ ।

गाउँपालिका भित्रका विपन्न महिलाहरुको आयआर्जनमा सुधार ल्याउन र उनिहरुलाई आत्मनिर्भर बनाउनका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको हो ।

घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र अन्तरगत हिमाली गाउँपालिका उद्योग विकाश शाखाको आयोजना, आईएन एफ नेपाल बाजुरा शाखाको सहजीकरण र सरोजा टेक्निकल इन्सिच्युट प्रालि सुर्खेतको प्राविधिक सहयोगमा उक्त तालिम गाउँपालिकाको केन्द्र धुलाचौरमा असार १ गतेबाट संचालन भएको हो ।

सिप सिकौं रोजगार बनौं भन्ने उद्देश्यका साथ गाउँपालिकाका विपन्न महिलाका लागि आयआर्जन सम्बन्धी सिपमूलक १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

गाउँपालिका भित्रका विपन्न तथा आर्थिक रूपमा पछि परेका महिलाहरूको आयआर्जनमा सुधार ल्याउनका लागि सिपमूलक हातेहोजियारी तालिम दिन सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताएका छन् ।

तालिममा ऊन तथा ऊनको धागोबाट बुन्ने टोपी र मोजा, गलवन्दी सुईटर बुन्न सिकाइने हातेहोजियारी तालिमका प्रशिक्षक राजेन्द्र कुमार यादवले बताएका छन् । उनका अनुसार १५ दिन सम्म संचालन हुने यो तालिमबाट सहभागि महिलाहरुले पूर्ण रूपमा टोपी र मोजा र गलवन्दी, सइटर बुन्न सिकाएर व्यवसायीक रुपमा विक्रीवितरण गर्न सक्ने बनाउने बताए ।

तालिमबाट मोजा, सुइटर, टोपी र गलवन्दी लगायतका बालबच्चा, युवा र जेष्ठ नागरिकहरूलाई आवश्यक पर्ने कपडाहरू बुन्न सिकाईने सरोजा टेक्निकल इन्सिच्युट प्रालि सुर्खेतका प्राविधिक पारस शाहीले बताएका छन् । ।

यो तालिममा सहभागी महिलाहरुले सिप सिकेर स्वरोजगार बन्ने र उनीहरूको आयआर्जनमा सुधार हुने अपेक्षा गाउँपालिकाले लिएको छ । हिमालीका ग्रामिण स्तरका बजारहरुमा बाहिरबाट आयात भएका रेडिमेट कपडाहरू किन्नु पर्ने नागरिकहरुको पर्ने बाध्यता छ ।

१५ दिने हातेहाजियारी सिपमूलक तालिममा गाउँपालिका भित्रका १० जना महिलाहरु सहभाागी छन् । असार १ गतेदेखि सुरु भएको तालिम असार १५ गते समापन हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै