होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथमा जिउँदै गाईलाई ढुंगाले हानेर कर्णाली नदीमा बगाइयो
समाचार

जगन्नाथमा जिउँदै गाईलाई ढुंगाले हानेर कर्णाली नदीमा बगाइयो

  • नागरिक रैबार
जगन्नाथमा जिउँदै गाईलाई ढुंगाले हानेर कर्णाली नदीमा बगाइयो

परम्पराको आवरणमा मान्छेहरु कतिसम्म पाखण्डी हुन्छन् ? बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ । ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । दृश्य यसप्रकार छ- कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएका छन् ।

उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान डराउँछ । त्यो अबोध प्राणी सकीनसकी किनारमा निस्कने यत्न गर्छन् । यद्यपि त्यहाँ भेला भएका गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ ।

गाई फेरि किनारमा फर्कन्छ । यद्यपि उनीहरूले गाईलाई यत्तिकै छाड्दैनन् । फेरि अर्को ठाउँमा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन् । गाई पानीमा जान डराउँछ । तब पछाडि बसेका व्यक्तिहरूले ढुंगाले हान्दै लखेट्छन् । गाई नदीको बेगसँगै बग्न थाल्छ।

विज्ञापन

नदीमा डुब्दै गरेको गाई पटक–पटक किनारतर्फ फर्कन खोज्छ । तर, युवाहरूले निरन्तर ढुंगा बर्साइरहन्छन् । त्यो अवोध र निरीह प्राणी ढुंगाको चोट सहँदै नदीमा तैरिन खोज्छ। यो उच्छृंखल र अत्यासलाग्दो दृश्य कर्णाली नदीमा खिचिएको हो । स्थानीय पत्रकार धनबहादुर बीसीले भिडियो खिचेर शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । बीसीका अनुसार सो घटना बाजुरा जिल्ला जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेको हो।

स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले यस्तो हर्कत गरेका थिए । परम्पराको नाममा बाजुरामा पहिलेदेखि नै यस्ता कृत्य हुँदै आएको बीसी बताउँछन्।

‘गाउँमा कसैको मृत्यु भएपछि नदी कटाएर गौदान दिने गरिन्छ’ उनी भन्छन्, ‘यसरी गौदान गर्दा मृतकको आत्माले स्वर्गमा सजिलै वास पाउने तथा पापमुक्त हुने अन्धविश्वास छ ।’

यो प्रथा राम्रो होइन भनेर आवाज उठाएपनि गाउँलेहरूले टेरपुच्छर नलगाएको उनी बताउँछन् । ‘एउटा अवोध पशुलाई नदीमा डुबाउँदा पाप कटिदैन भनेर हामीले आवाज उठाइरहेका छौं’ उनी भन्छन्, ‘तर कसैले पनि यो कुरा सुन्ने र बुझ्ने

प्रयास गरेका छैनन् । त्यसैले वर्षौदेखि यो कुप्रथा जारी छ ।’

यसबारे हामीले जगनाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीसँग बुझ्दा उनले यस घटनाबारे जानकारी नभएको बताए । ‘यो घटनाबारे मलाई केही पनि थाहा छैन’ शाहीले भने, ‘यो परम्परा उहिलेदेखि चलेको हो । बीचमा रोकिएको थियो । अहिले फेरि सुरु भएछ, मलाई थाहै भएन ।’

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले भने यस किसिमको कृत्य रोक्ने प्रयास गरिरहेको जानकारी दिए । ‘यो कुप्रथा रोक्नका लागि हामी निरन्तर प्रयासमा छौं ‘ पाध्य भन्छन्, ‘यसो गर्न हुँदैन भनी जनचेतना फैलाउने काम व्यापक रुपमा भइरहेको छ ।’

गौदानको नाममा जिउँदै गाईलाई नदीमा लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो धर्म र परम्परा नभई अन्धविश्वास र अपराध भएको अधिकांशले टिप्पणी गरेका छन् ।

‘यो चलन रोक्न खोज्दा उल्टै हामीमाथि आइलाग्छन्’

वडाअध्यक्ष धनबहादुर सार्की जगनाथ गाउँपालिका –६

अहिले सामाजिक सञ्जालमा एउटा अत्यासलाग्दो भिडियो सार्वजनिक भएको छ, कर्णालीमा गाईलाई लखेट्दै डुबाएको । हेर्नुभयो ?

अँ मैले पनि देखेको छु । ढुंगाले हान्दै लखेटिएको रहेछ ।

खासमा के भएको हो त्यो ?

त्यो यहाँको परम्परा हो । कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने चलन छ । गौदान गर्दा यसरी गाईलाई लखेट्दै कर्णाली नदी पार गराइन्छ ।

यो प्रचलन तपाईंलाई कस्तो लाग्छ ? ठिकै हो र ?

अब प्रचलन हो, उहिलेदेखि चल्दै आएको । अहिले बुझ्दा त ठिक लाग्दैन । हामीले यसलाई रोक्ने प्रयास पनि गरिरहेका छौं ।

अनि किन रोकिएन त यो क्रम ?

हामीले धेरै पटक यसलाई रोक्न खोजेको तर स्थानीयहरु उल्टै हामीमाथि आइलाग्छन् । उनीहरुलाई के लाग्छ भने यसरी गौदान नगर्दा आफ्नो पितृले मुक्ति पाउँदैन । त्यही कारण उनीहरुलाई जति नै भनेपनि यस्तो काम गर्न छाडेका छैनन् । यसमा प्रशासन र अरुले रोक्न खोजेको हो । तर जति गरेपनि यो परम्परा हटाउन सकिएको छैन ।

अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार