होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा बसको ठक्करबाट एकको मृत्यु, एक घाइते, राजमार्ग अवरुद्ध
समाज

बाजुरामा बसको ठक्करबाट एकको मृत्यु, एक घाइते, राजमार्ग अवरुद्ध

  • नागरिक रैबार
बाजुरामा बसको ठक्करबाट एकको मृत्यु, एक घाइते, राजमार्ग अवरुद्ध

नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यू भएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते अन्दाजी ५ वर्षका नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो ।

धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले बुढीग‌गा नगरपालिका २ स्थित बल्देबजार नजिकै रहेको पसलमा छोरा सहित घाम तापेर बसिरहेकी अन्दाजि ३५ वर्षिया आमा विश्ना पाध्यायलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करले घाइते भएका आमा छोरा दुवैलाई जिल्ला अस्पताल बाजुरामा उपचारका लागि ल्याइएको थियो ।

गम्भिर घाइते भएका बालकको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको थियो । सोही घटनालाई लिएर उनको परिवारले साँफे मार्तडी राजमार्ग विहानैदेखि अवरुद्ध गरेका छन् ।

घाइते भएकि विश्नाको गर्भमा ७ महिनाको बच्चा रहेको जिल्ला अस्पताल बाजुराका निमित्त सुपरिटेन्डेन शुनिल शाहले बताएका छन् । उनका अनुसार गर्भवति महिलाको थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

प्रहरीले बस चालक ४० वर्षीय उपेन्द्र मडै र बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक गिरीको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ हप्ता अगाडि