होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक २, २०८२
जोडिनुहोस
  • होमपेज
  • ट्राभल
  • बाजुरामा बसको ठक्करबाट आमाछोरा घाइते
ट्राभल

बाजुरामा बसको ठक्करबाट आमाछोरा घाइते

  • नागरिक रैबार
बाजुरामा बसको ठक्करबाट आमाछोरा घाइते

नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी राजमार्गको अम्कोटमा बसको ठक्करबाट आमाछोरा घाइते भएका छन् ।

आइतबार विहान धनगढीबाट बाजुरा सदरमुकाम मार्तडी आउँदै गरेको बसले ठक्कर दिदा  बुढीगंगा नगरपालिका-१ अम्कोटकी ५० वर्षीया विस्ना पाध्याय र उनका आठ वर्षीय छोरा नयन पाध्याय घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् ।

आमा छाेरालाई ठक्कर दिने सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बससहित चलक उपेन्द्र मडैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापन

बसको ठक्करबाट घाइते भएकी पाध्याय र उहाँका छोरालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको प्रहरी नायव उपरिक्षक गिरीले बताएका छन् ।

बसको ठक्करबाट घाइते भएकी पाध्यायको अवस्था सामान्य रहेपनि बालकको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अहिले सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ३ हप्ता अगाडि