



काठमाण्डौं २८ कार्तिक। बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको काठमाण्डौंमा सूरु गरिएको छ ।
बाजुरा युथ कनेक्टको आयोजनामा उक्त प्रतियोगिता आजबाट काठमाण्डौंमा सुरु गरिएको हो ।


प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका विच पुर्व राष्ट्रिय खेलाडी, पुर्व कप्तान अनिल गुरुङ्गले उद्धघाटन् गरेका हुन् । प्रतियोगिता किर्तिपुरको मतस्य नारायण रिक्रिएसन केन्द्रको फुटसल ग्राउन्डमा संचालन गरिएको हो ।
बाजुरामा स्थाई घर भई काठमाण्डौंमा विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा रहेका युवालाई एकिकृत गर्न पनि पहिलोपटक यो प्रतियोगिताको आयोजना गरिएको लागिएको बाजुरा युथ कनेक्टका सचिव अर्जुन जोशीले बताएका छन् ।
१४ वटा टिम सहभागि रहेकको उक्त प्रतियोगिता उपाधि विजेता टिमलाई नगद ४१ हजार र उपविजेता टिमलाई २० हजार पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकले बताएको छ ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट स्ट्राइकर, डिफेन्स, गोलकिपर र हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । प्रतियाेगिता सराेज राेकाया र एन्फाका कन्चन तिमिल्सेनाले खेलाउने भएका छन् ।
राजधानीमा पहिलो पटक आयोजना भएको यस प्रतियोगिताले बाजुरा जिल्लाको खेलकुद क्षेत्रको विकासमा थप योगदान पुग्ने बाजुरा युथ कनेक्टका अध्यक्ष विमल रोकायाले बताएका छन् ।
उनका अनुसार बाजुरा युथ कनेक्टले बाजुरा जिल्लाका युवाहरूलाई खेलकुदमा सहभागिता गराउँदै जिल्लामा देखिएका सामाजिक समस्यालाई खेलकुद क्षेत्रका माध्यमबाट समाधान गर्ने उद्देश्य राखेको छ ।
बाजुरा जिल्लाका युवा पंक्तिलाई खेलकुदमा आर्कसित गराई दक्ष खेलाडी उत्पादन गर्न यो प्रतियोगिताको आयोजना गरिन लागेको अध्यक्ष रोकायाको भनाई छ ।



फेसबुक प्रतिक्रियाहरु