



नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले बुधबार मात्र नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । नेकपा एमालेमा विगत १ दशकदेखि केन्द्रीय सदस्य रहेका शाहले एकाएक एमाले छाडेर पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतकाे नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि उनकाे गृह जिल्लाबासी कार्यकर्ता निरास बनेका थिए ।


बाजुरामा नेकपा एमालेकाे तेस्राे वरियतामा रहेका नेता शाहले पार्टी छाडेर प्रचण्ड–माधवकाे पार्टीमा प्रवेश गरेपछि उनकाे अहिले तिव्र आलाेचना भइरहेकाे छ । यहि क्रममा उनले शुक्रबार विहान सामाजिक संजाल मार्फत शुभचिन्तकहरूसंग माफी माग्दै भनेका छन्, ‘मैले गल्ती गरेजस्तो लाग्दैन , तरपनी मेरो निर्णयले मेरा आदरणीय र प्रिय मित्रहरूको मन दुखाएको छु भने क्षमा चाहन्छु’
नेकपा एमालेमा रहँदा भीम रावलनिकट मानिने नेता शाह रावललाई नेकपा एमालेले कारबाही गरेपछि उनी असन्तुष्ट रहदै आएका थिए । २०७४ को चुनावमा प्रदेश सांसद जितेका शाह सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्रीसमेत बनेका थिए।



फेसबुक प्रतिक्रियाहरु