होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज मन्त्रिपरिषद् विस्तार, मन्त्री पनि भोटिङबाटै चुनिने
देश/प्रदेश

आज मन्त्रिपरिषद् विस्तार, मन्त्री पनि भोटिङबाटै चुनिने

  • नागरिक रैबार
आज मन्त्रिपरिषद् विस्तार, मन्त्री पनि भोटिङबाटै चुनिने

काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आइतबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

यसअघि जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । मन्त्रीको लागि कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा छ ।

राजनीतिक दलभन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आइतबार सानो आकारको मन्त्रिपरिषद् बनाउने जस्तो जानकारी आफूहरूले पाएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै