होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, फाल्गुन ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला प्रहरी कार्यालय बाजुरामा नागरिक मैत्री पुस्तकालय स्थापना
समाचार

जिल्ला प्रहरी कार्यालय बाजुरामा नागरिक मैत्री पुस्तकालय स्थापना

  • नागरिक रैबार
जिल्ला प्रहरी कार्यालय बाजुरामा नागरिक मैत्री पुस्तकालय स्थापना

नागरिक रैबार/बाजुरा २ फागुन। जिल्ला प्रहरी कार्यालय परिसरभित्र नागरिक मैत्री पुस्तकालयको स्थापना गरिएको छ ।

प्रहरी कार्यालयमा आउने सेवाग्राही र जिल्लामा रहेका नागरिकले फुर्सदको समयमा विभिन्न विषयको ज्ञान आर्जन होस भन्ने उद्देश्यले प्रहरी कार्यालय परिसरभित्र नागरिक मैत्री पुस्तकालयको स्थापना गरिएको हो ।

पुस्तकालय स्थापनाका लागि जिल्लाका ९ वटै स्थानीय तहको सहयोग र प्रहरीको श्रमदानमा भवन निर्माण गरी पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् ।

विज्ञापन

प्रहरीको श्रमदान र स्थानीय तहको आर्थिक सहयोगमा निर्माण गरिएको नागरिक मैत्री पुस्तकालय भवन आजबाट संचालनमा ल्याइएको छ । पुस्तकालय स्थापनाका लागि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले पुस्तक हस्तान्तरण गरेका छन् ।

भवन निर्माणपछि प्रहरी कार्यालय परिसर भित्रै नागरिक मैत्री पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार प्रहरी कार्यालयभित्र स्थापना गरिएको पुस्तकालयमा विभिन्न मदन पुस्कार विजेता लगायतका पुस्तकहरु राखिएको बताए । पुस्तक अभियानमा सबैले सहयोग गर्न प्रहरी प्रमुख गिरीले आग्रह गरेका छन् ।

प्रहरीले स्थापना गरेको पुस्तकालयमा चिया ,कफी, मनोरञ्जनका लागि टेलिभिजन लगायतका  दृश्यहरु राखिने गिरीले बताएका छन् । अनावश्यक रुपमा नागरिकहरु हिडडुल गर्ने र फुर्सदमा रहेका नागरिकले दिनभर आफुले चाहेका पुस्तक पढ्न पाउने र घरमा लिएर पनि पुस्तक लिएर पढ्ने गरी पुस्तकालय व्यवस्थापन गर्न लागिएको प्रहरी उपरिक्षक गिरीले बताए ।

प्रहरी प्रमुख गिरीको अध्यक्षतमा संचालन भएको पुस्तक हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा,खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत,निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष राय विशिष्ट अतिथी रहेका थिए ।

यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल बाजुराका प्रहरी नायव उपरिक्षक श्याम रावत,बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझी लगायत लगायत अतिथी रहेको कार्यक्रमको संचालन प्रहरी निरिक्षक जनकबहादुर बोहराले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार