नागरिक रैबार/बाजुरा २ फागुन। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा बाजुराको त्रिबेणी नगरपालिका पहिलो स्थानमा आएको छ ।
बाजुराका ९ वटा स्थानीय तहहरु मध्ये कार्यसम्पादन मूल्याङ्कनमा त्रिबेणी नगरपालिका पहिलो स्थानमा आएको हो । जिल्लाका ९ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कन गर्दा त्रिबेणी नगरपालिकाले ६४ दशमलव ५ अङ्क प्राप्त गर्दै पहिलो नम्मरमा रहेकाे छ ।
त्यसै गरि जगन्नाथ गाउँपालिका ६१ दशमलव ६ अङ्कसहित दोस्रो, बुढीगंगा नगरपालिका ६१ दशमलव २ अङ्क सहित तेस्रो स्थानमा रहेको छ । त्यसै गरि हिमाली गाउँपालिका ५९ दशमलव ८ अङ्कसहित चौथो स्थानमा रहेको छ। पाँचौँ स्थानमा रहेको गौमुल गाउँपालिका ५७ दशमलव ९ अङ्क छ । छैटौँ स्थानमा ५३ दशमलव ६ अङ्कसहित स्वामिकार्तिक खापर गाउँपालिका रहेको छ।
बुढीनन्दा नगरपालिका ४९ दशमलव ५ अङ्कसहित सातौँ, बडिमालिका नगरपालिका ४६ दशमलव ९ अङ्कसहित आठौँ र खप्तड छेडेदह गाउँपालिका ४५ दशमलव ४ अङ्कसहित सूचिको अन्तिम स्थानमा छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्क सम्बन्धी विवरण प्रकाशित गरेको थियो। आयोगले प्राप्त अङ्कमा चित्त नबुझे ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि उजुरी दिन भनेको छ ।
फेसबुक प्रतिक्रियाहरु