



काठमाण्डाैं २७ कार्तिक । राजधानी काठमाण्डौंमा बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको आयोजना गरिने भएको छ ।


बाजुरा युथ कनेक्टको आयोजनामा कार्तिक २८ गते शुक्रबारका दिन उक्त प्रतियोगिता काठमाण्डौंमा आयोजना गरिने भएको हो । विहिबार बाजुरा युथ कनेक्टले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त प्रतियोगिता संचालनबारे जानकारी गराएको हो ।
बाजुरामा स्थाई घर भई काठमाण्डौंमा विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा रहेका युवालाई एकिकृत गर्न पनि पहिलोपटक यो प्रतियोगिताको आयोजना गर्न लागिएको बाजुरा युथ कनेक्टका सचिव अर्जुन जोशीले बताएका छन् ।
प्रतियोगितामा बाजुरा जिल्ला घर भई राजधानीमा रहेका करिव १५ टिमको सहभागिता रहने आयोजक बाजुरा युथ कनेक्टका अध्यक्ष विमल रोकायाले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेता टिमलाई नगद ४१ हजार र उपविजेता टिमलाई २० हजार पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट स्ट्राइकर, डिफेन्स, गोलकिपर र हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगितामा प्रवेश शुल्क ३ हजार ५ सय तोकिएको आयोजकले जनाएको छ ।
राजधानीमा पहिलो पटक आयोजना हुन् लागेको यस प्रतियोगिताले बाजुरा जिल्लाको खेलकुद क्षेत्रको विकासमा थप योगदान पुर्याउने विश्वास आयोजक बाजुरा युथ कनेक्टका अध्यक्ष रोकायाले बताएका छन् ।
उनका अनुसार बाजुरा युथ कनेक्टले बाजुरा जिल्लाका युवाहरूलाई खेलकुदमा सहभागिता गराउँदै जिल्लामा देखिएका सामाजिक समस्यालाई खेलकुद क्षेत्रका माध्यमबाट समाधान गर्ने उद्देश्य राखेको छ ।

बाजुरा जिल्लाका युवा पंक्तिलाई खेलकुदमा आर्कसित गराई दक्ष खेलाडी उत्पादन गर्न यो प्रतियोगिताको आयोजना गरिन लागेको अध्यक्ष रोकायाको भनाई छ ।
प्रतियोगिता किर्तिपुरको मतस्य नारायण रिक्रिएसन केन्द्रको फुटसल ग्राउन्डमा हुुनेछ । पत्रकार सम्मेलनमा बाजुरा जिल्ला स्थाई घर भई विभिन्न कामको सिलसिलामा काठमाण्डौंमा रहेका युवाहरुको सहभागिता रहेको थियो ।



फेसबुक प्रतिक्रियाहरु