होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अबदेखि टिकटक १८ वर्ष मुनिकाले दैनिक ६० मिनेट मात्र चलाउन पाउने
देश/प्रदेश

अबदेखि टिकटक १८ वर्ष मुनिकाले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

  • नागरिक रैबार
अबदेखि टिकटक १८ वर्ष मुनिकाले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

टिकटकले परिवारलाई आफ्ना किशोरकिशोरीहरूले यो एप सुरक्षितपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलको सेट नै सार्वजनिक गरेको छ ।‘फ्यामिली पेयारिंग फिचर’ सुरू गरिसकेको उक्त एपले परिवार सुरक्षा र गोपनीयतामा केन्द्रित थप फिचर उपलब्ध गराएको छ । उक्त फिचरमार्फत अभिभावकले आफ्ना किशोर-किशोरीका लागि स्क्रीन-टाइम म्यानेजमेन्ट टुल्स प्रयोग गरी टाइम लिमिट सेट गर्न सक्ने भएका छन् ।

उनीहरूले दैनिक स्क्रीन-टाइम लिमिट राख्न र सेड्युल ब्रेक राख्न सक्छन् । साथै डाइरेक्ट मेसेजिङ, भिडियोमा कमेन्ट, एकाउन्ट खोज्न मिल्ने वा नमिल्ने र कसले भिडियो डाउनलोड गर्न पाउने जस्ता सेटिङहरू नियन्त्रण गर्न सक्छन् ।उक्त फिचरअनुसा, १६ वर्ष वा सोभन्दा कम उमेरका प्रयोगकर्ताको एकाउन्टमा डाइरेक्ट मेसेजिंग स्वतः बन्द हुन्छ, अनि राति पुश नोटिफिकेसन पनि म्यूट हुन्छ ।

टिकटकले उमेरअनुसार उपयुक्त हुने कन्टेन्ट मात्र देखाउने फीडको व्यवस्था गरेको जनाएको छ । १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि ६० मिनेटको स्क्रीन-टाइम लिमिट पनि डिफल्ट रूपमा सेट हुन्छ ।यस प्रणालीले किशोरका लागि अनुपयुक्त मानिएका कन्टेन्ट छानेर हटाउँछ र प्रयोगकर्ता सही उमेर समूहमा छन् कि छैनन् भन्ने सुनिश्चित गर्न प्रविधिको प्रयोग गर्छ ।अभिभावकले बच्चाको प्राइभेसी सेटिङ हेर्न सक्छन् । बच्चाले पब्लिक भिडियो पोस्ट गरेमा नोटिफिकेसन पनि पाउँछन् । यी टुलले अनलाइन व्यवहार, स्वस्थ स्क्रीन-टाइम र उनीहरूले हेरेको कन्टेन्टको उपयुक्तताबारे परिवारबीच संवाद बढाउन मद्दत गर्छ ।

‘यी टुल केवल प्यारेन्टल कन्ट्रोलका लागि होइनन्, बरू किशोर–किशोरीले अनुशासित र जिम्मेवार डिजिटल बानीको विकास गर्न परिवारसँग संवाद सुरु गर्ने माध्यम हुन्’ टिकटकले भनेको छ ।प्रयोगकर्ताको कल्याणलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता अन्तर्गत टिकटकले यस वर्षको सुरुवातमा गाइडेड मेडिटेसन नामक नयाँ इन-ऐप सुविधा सार्वजनिक गर्‍यो, जसको उद्देश्य सबै उमेरका मानिसलाई माइन्डफुलनेस अभ्यास सजिलै उपलब्ध गराउनु रहेको जनाइएको छ ।

यो सुविधा हाल कायम रहेको ‘स्लिप आवर्स’ सेटिङसँग जोडिएको छ, र रातिको समयमा प्रयोगकर्तालाई शान्त र मार्गदर्शित अभ्यासमार्फत विश्राम गर्न प्रोत्साहित गर्छ, जसले राम्रो निद्रा र भावनात्मक सन्तुलन कायम राख्न सहयोग गर्छ ।स्वस्थ स्क्रिन-टाइम बानीको विकास गर्न १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तामा यो सुविधा स्वतः सक्रिय हुन्छ, र राति १० बजेपछि फर यू फीडको ठाउँमा मेडिटेसनको सुझाव देखिन्छ । वयस्कले यो विकल्प स्क्रिन टाइम सेटिङमार्फत आफैं सक्रिय गर्न सक्छन् ।

यी टुलमार्फत, टिकटकले किशोर र वयस्क दुबैलाई व्यक्तिगत दिनचर्या बनाउन सहयोग गर्ने लक्ष्य राखेको छ, जसले मनोरञ्जनलाई अधिकतम बनाउँछ र लामो समय स्क्रीन प्रयोगका कारण हुन सक्ने नकारात्मक असरलाई कम गर्दछ ।टिकटकका यी नयाँ सुधारहरू पहिले नै रहेको सुरक्षा संरचनामा थपिएको हो, जसमा किशोरको सुरक्षाका लागि ५० भन्दा बढी सुरक्षा उपाय छन् । जस्तै, उमेरअनुसारको कन्टेन्ट फिल्टर, स्क्रीन–टाइम लिमिट र सीमित मेसेजिङ सुविधा । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार