होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कोल्टीमा संचालन भएकाे निःशुल्क स्वास्थ्य शिविरमा चारहजार बढी लाभान्वित
स्वास्थ्य-जीवनशैली

कोल्टीमा संचालन भएकाे निःशुल्क स्वास्थ्य शिविरमा चारहजार बढी लाभान्वित

  • नागरिक रैबार
कोल्टीमा संचालन भएकाे निःशुल्क स्वास्थ्य शिविरमा चारहजार बढी लाभान्वित

बुढीनन्दा नगरपालिकाको आयोजना तथा एक एक पाइला नेपालको सहयोगमा बाजुराको कोल्टी आधारभूत अस्पतालमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ४२१९ जनाले उपचार सेवा प्राप्त गरेका छन्। कार्तिक २४ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको तीनदिने शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। शिविरमा १४३ जनाको आँखा (मोतिविन्दु) शल्यक्रिया, र १९ जनाको नाक, कान र घाँटी (ENT) अपरेसन गरिएको अस्पतालले जनाएको छ।

त्यसैगरी, १८० जना बिरामीमा हड्डी खियको वा कानको जाली प्वाल परेको समस्या फेला परेका छन्, जसको थप उपचार आवश्यक रहेको नाक, कान, घाँटी विशेषज्ञ डा. दिपेश शाक्य र डा. प्रशान्त त्रिपाठीले सेतीकर्णाली खबरलाई जानकारी दिएका छन्।

शिविरमा बालरोग, स्त्री तथा प्रसूति, छाला, दाँत, रेडियोलोजी, प्याथोलोजी, इन्डोस्कोपी, र सामान्य शल्यक्रिया लगायतका सेवा प्रदान गरिएको थियो। शिविरले ठूलो राहत पाएको स्थानीयले बताएका छन्। यहाँका स्थानीयलाइ नेपालगञ्ज, काठमाडौं वा धनगढीमा उपचार गर्न लाखौं खर्च हुने गरेकाे थियो, तर कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर संचालनपछि ठूलो राहत भएकाे स्थानीयले बताएका छन् । शिविरमा  बाजुरा, हुम्ला, मुगु र कालिकोटका हजारौं बिरामीले उपचार सेवा लिएका छन्।

शिविर समापनसँगै “फेरी भेटौँला” नामक विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा बुढीनन्दा नगरपालिका मेयर जनक बोहोराले एक एक पाइला नेपाल र गेँटा अस्पतालका ३५ जना विशेषज्ञ चिकित्सकलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

कोल्टी आधारभूत अस्पतालले सहभागी चिकित्सकहरूलाई पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै बिदाइ गरेको थियो। कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष शाह, स्वास्थ्य संयोजक ओमजङ्ग शाही, र अस्पताल प्रमुख डा. रञ्जित शाहलाई विशेष धन्यवाद दिइएको थियो।

अस्पतालका सूचना अधिकारी प्रेम नेपालीका अनुसार, यस्तो शिविरले दुर्गम तथा पिछडिएको समुदायका नागरिकको लाखौं रुपैयाँ खर्च बचत गराएको छ र भविष्यमा पनि यस्ता पहल निरन्तर गरिने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार