राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। जेनजी पुस्ताको आन्दोलनपछि अघिल्लो सरकार पतन भएसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । जेनजीको प्रस्तावअनुसार नै उनको नियुक्ति भएको हो ।
आजै सपथ लिएर उनले पदभार ग्रहण गर्दैछिन्।
देशको पहिलो महिला प्रधानमन्त्रीका रुपमा उनले इतिहास रचेकी छिन् । उनी पहिलो महिला प्रधानन्यायधीश हुन् ।
फेसबुक प्रतिक्रियाहरु