होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेपाली सेनाको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुस्
Breaking News

नेपाली सेनाको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुस्

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपाली सेनाको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुस्

काठमाडौँ । नेपाली सेनाले वर्तमान परिस्थितिमा सेनाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका भ्रामक र झूटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ।

सेनाले आफ्नो जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत एक विज्ञप्ति जारी गर्दै आधिकारिक सूचनाका लागि तोकिएका निकायहरूसँग समन्वय गर्न पनि अनुरोध गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ।”

विज्ञापन

सेनाले आफ्ना सबै गतिविधि र विचारहरू पारदर्शी रूपमा सार्वजनिक गरिरहेकोले भ्रामक र गलत समाचारबाट टाढा रहन सबैलाई सचेत गराएको छ।

साथै, सेनासम्बन्धी कुनै पनि सूचना आवश्यक परेमा जनसम्पर्क तथा सूचना निर्देशनालयसँग वा स्थानीय स्तरमा रहेका विभिन्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न सकिने जानकारी पनि विज्ञप्तिमा उल्लेख छ।
1

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै