नागरिक रैबार/बाजुरा ३० माघ । बाजुराको बुढीगंगा नगरपालिकामा भेडाबाख्राका लागि राष्ट्रिय पिपिआर रोग विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ ।
नगरपालिकाको कृषि विकास शाखाले कृषकहरुका लागि बुधबार एक सार्वजनिक सूचना जारी गर्दै सेवा क्षेत्र भित्रका भेडाबाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाउने गरि अभियान संचालन गर्न लागेको हो ।
बुढीगंगा नगरपालिकाका कृषकहरुका भेडाबाख्रामा महामारीका रुपमा फेलिन लागेको पिपिआर रोगलाई नियन्त्रण गर्नका लागि फागुन १ गते ६ गतेसम्म पिपिआर रोग विरुद्धको खोप अभियान संचालन गर्न लागेको पशु सेवा शाखा बुढीगंगाले जनाएको छ ।
नगरपालिकाभित्र पिपिआर रोग विरुद्धको खोप अभियान संचालन गर्नका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आवश्यक खोपको डाेजहरु प्राप्त भएकेकोले सेवा क्षेत्रका सवै वडाका गाउँबस्ती टोलहरुमा फागुन १ गतेबाट ६ गतेसम्म सो अभियान संचालन गर्न लागेको हो ।
बुढीगंगा नगरपालिकाको पशु सेवा शाखाले भेडाबाख्राहरुमा महामारीका रुपमा फैलिन लागेको पिपिआर रोगलाई नियन्त्रण गर्नका लागि पशुहरुको बढी आवतजावत हुने क्षेत्रका रुपमा रहेको साँफे–मार्तडी राजमार्गको खुला क्षेत्रमा पहिलो चरणमा पिपिआर रोग विरुद्धको खोप अभियान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
अभियान अन्तरगत पहिलो चरणमा वडा नम्वर १० को डाव बजार देखि १ को बल्दे दवारी सम्मका भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाईने बुढीगंगा नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।
खोप अभियान अन्तरगत संचालन हुने क्षेत्रमा आफुले पालेका भेडाबाख्राहरुलाई ल्याएर सो रोग विरुद्धको खोप लगाउन कृषकहरुलाई सार्वजनिक सूचना मार्फत पशु सेवा शाखाले अनुरोध गरेको छ ।
पिपिआर खोप अभियान अन्तरगत वडा नम्वर १० को डावबजार, मालिका बजार सिंगाडा क्षेत्रमा फागुन १ गते त्यस्तै रिठाबजार, मोटाबाडा, बेतालमाण्डौं बजार २ गते, सायल, सिमकोट ३ गते, नुवाँकोट, तल्लो सायल बाम्का, बोहराबाडा, फालासैन, बेलकाटिया, ४ गते, बसाली, मुस्यालबाडा, ताँप्रीसेरा, बल्दे ५ गते र वडा नम्वर १ को अम्कोटमा फागुन ६ गतेका दिन अभियान संचालन गरिने बुढीगंगा नगरपालिका पशु सेवा शाखा प्रमुख प्रेमराज जैशीले बताएका छन् ।
पिपिआर रोगका कारण कृषकहरुले वर्षेनी ठुलो आर्थिक क्षेति बेहोर्नु पर्ने भएकाले यसलाई नियन्त्रण गर्नका लागि भेडाबाख्रामा लाग्ने पिपिआर रोग विरुद्धको खोप लगाउन गरि अभियान संचालन गर्न लागिएको पशुसेवा शाखा प्रमुख जैशीले बताएका छन् ।
फागुन १ देखि ६ गतेसम्म संचालन हुने सो अभियानमा बुढीगंगा नगरपालिकाको पशु सेवा शाखाका पशु प्राविधिहरुको टोली खटिएर भेडाबाख्रामा लाग्ने पिपिआर रोग विरुद्धको नि:शुल्क खोप लगाउने भएका छन् ।
पिपिआर रोग देखा परेका बाख्रामा ज्वरो आउने, खोक्ने, रगतमासी छेर्ने, रगत छेर्नेलगायतका लक्षण देखिन्छ । यो लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु समेत हुने गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु