होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, माघ ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • फेसबुकमा शंकर : सामाजिक सञ्जालमा खोजे असल मान्छे
देश/प्रदेश

फेसबुकमा शंकर : सामाजिक सञ्जालमा खोजे असल मान्छे

  • नागरिक रैबार
फेसबुकमा शंकर : सामाजिक सञ्जालमा खोजे असल मान्छे

काठमाडौँ । नेकपा एमालेका महासचिव केही समययता सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् । महासचिव पोखरेलले दैनिक जसो फेसबुकमा लेख्ने गरेका छन् । उनका कतिपय पोस्टहरू विवादित समेत बन्दै आएका छन् ।

बुधबार बिहान पनि पोखरेलले आफ्नो पेजमा तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् ।

‘तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्नुहोस् । तपाई आफै अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्दछ । त्यसले अरूलाई पनि अघि सर्न प्रेरित गर्दछ । अराजकता र अशिष्टता क्रमशः कम भएर जान्छ’, पोखरेलले लेखेका छन् । उनले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै भएको पनि बताएका छन् ।

‘सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै हो । सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घर भित्र बसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक सञ्जालमा असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरू देखिने हो ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार