होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, पुस २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिद्देश्वरी आवासीय विद्यालयका विपन्न विद्यार्थीलाई चिसो छल्न न्यानो कपडा वितरण
समाचार

सिद्देश्वरी आवासीय विद्यालयका विपन्न विद्यार्थीलाई चिसो छल्न न्यानो कपडा वितरण

  • नागरिक रैबार
सिद्देश्वरी आवासीय विद्यालयका विपन्न विद्यार्थीलाई चिसो छल्न न्यानो कपडा वितरण

नागरिक रैबार/बाजुरा २८ पुस । बुढीनन्दा नगरपालिका वडा नम्वर १० मा रहेको सिद्देश्वरी आवासीय विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको छ ।

वडा नम्वर १० निवासी समाजसेवी शंकर प्रसाद उपाध्याय र मनकला उपाध्यायको सहयोगमा विद्यालयमा अध्ययनरत गरिब, विपन्न, हलिया, खलिया र जनजाति विद्यार्थीहरुलाई बलांकेट, रग, गद्दा गरेर २१ थान कपडा वितरण गरिएको हो ।

विद्यालय उच्च हिमाली भेगमा रहेकोले विद्यार्थीहरुको पढाईमा चिसोले अप्ठेरो नहोस भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बुढीनन्दा नगरपालिकाका मेयरका स्वकीय सचिव केशर कुमार बोहराले बताएका छन् ।

विज्ञापन

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अवस्था र चिसोबाट सिद्देश्वरी आवासीय विद्यालयका विद्यार्थीमा पठनपाठनमा समस्या भएको भन्दै न्यानो कपडा वितरण गरिपछि विद्यार्थीहरुको पठनपाठनमा सहज हुने विद्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार