होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँ र पानी पर्ने सम्भावना
देश/प्रदेश

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँ र पानी पर्ने सम्भावना

  • नागरिक रैबार
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँ र पानी पर्ने सम्भावना

आज (शनिबार) राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति कर्णाली प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। अनि पहाडी क्षेत्रमा पनि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी आज राति सुदूरपश्चिम प्रदेशको पनि हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

देशका बाँकी प्रदेशमा भने आज राति मौसम बदली भए पनि हिउँ र पानी पर्ने सम्भावना नरहेको मौसम महाशाखाले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै